शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • सुरेशकुमार पान्डेकाे मुक्तक

सुरेशकुमार पान्डेकाे मुक्तक

  • शनिबार, असार २०, २०७७
सुरेशकुमार पान्डेकाे  मुक्तक


आफ्नै बनाउन ज्यु ज्यान भेटि दियौँ,
साईनो लगायो र ता चेलि बेटी दियौँ,
आफ्नो छाती लाई ढाल बनाएर पनि,
उसका सबै दुश्मनरु लाई मेटि दियौँ।

के था उसैले पिठ्युमा खन्जर गोब्ला,
छिया छिया पार्न देशकै अधर गोब्ला।
रक्षक भयर गेट मा उभियो गोर्खाहरु,
भनकनै भैन पछि आफ्नै घर गोब्ला।

उस्का दुश्मनलाई भगाउँन दमन सयौँ,
त्यो जेलखान भित्रको छी अमन सयौँ।
छिमेकी जनताको हितमा लड्दा हेरन,
राणा प्रसानले बोलाए को समन सयौँ।

सरकारले असमान सन्धि गर्दै आएर त,
छिमेकीले आफ्नो गोदाम भर्दै आएर त।
हाम्रो देशनै नाङ्गे झार भयो हिँजो आज,
दुश्मनलाई जोगाउँन युवा मर्दै आएर त।

एउटै शन्तानका दाजु भाई नारेर के पायौ,
सरकार भन सन्तान लाई खारेर के पायौ।
एम सीसी सम्झौता गर्न अंग्रेज निम्ताउँदै,
रण भूमी बनाउँन देश मा झारेर के पायौ।
सुरेशकुमार पान्डे।
दाङ घोराही उप महानगर पालिका१८,
हाल भारतको एन सी आर मा।
०१-०७-२०२०

चर्चामा

सम्बन्धित समाचार