शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • पार्टीमा गुट हाेइन जुटकाे एकता नै हाम्राे चाहाना हाे नेकपा बाजुरा

पार्टीमा गुट हाेइन जुटकाे एकता नै हाम्राे चाहाना हाे नेकपा बाजुरा

  • शुक्रबार, असार १९, २०७७
पार्टीमा गुट हाेइन जुटकाे  एकता नै हाम्राे चाहाना हाे नेकपा बाजुरा

बाजुरा — नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराले केन्द्रीय स्थायी कमिटीको जारी बैठकमा एकता नटुटाउनका लागि दवाव दिदै नेकपा बाजुराले सदरमुकाम मार्तडीमा  पत्रकार सम्मेलन गरेको छ । पार्टी एकीकरण संगै बिशाल बनेकाे पाटी टुक्राउदा नेकपालाइ ठुलाे क्षेती हुने भन्दै नेकपा बाजुराले प्रेश बिज्ञप्ती सहित पत्रकार सम्मेलन गरेकाे नेकपा नेता तथा प्रचार बिभाग प्रमुख अमर खड्काले बताएका छन ।  विज्ञप्तीमा पाटीको आन्तरिक विवादको वैचारिक संघर्ष र छलफल र निर्णयहरुका बारेमा बहस हुनुपर्ने  भन्दै बिज्ञप्तीमा उल्लेख गरीएकाे कुरा पार्टी सचिव बुढाले बताएका छन् । तत्कालिन नेकपा एमाले र नेकपा माओवादीको पाटी एकता टुङ्गोमा नपुगेको भएपनि हालको जारी नेकपा केन्द्रीय कमिटीको जारी स्थायी कमिटीको बैठकमा व्यक्त गरिएका धारणाका विषयमा नेकपा बाजुराको गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।

Image may contain: text
पत्रकार सम्मेलनमा नेकपा जिल्ला कमिटी सचिव भरत बुढाको अध्यतामा संचालन भएको कार्यक्रमकाे संचालन प्रचार बिभाग प्रमुख अमर खड्काले गरेका थिए । साे सम्मेलनमा  नेकपा कार्यलय सदस्य गगन रावल,जनक बोहरा,नेकपा सचिवालय सदस्य भरत थापा,पुरबहादुर रावत,गोरख सार्की कार्यलय सचिव काँसी वि.क. लगायतको सम्मेलनमा सहभागी रहेका थिए भने जिल्ला स्थित बिभिन्न संचार माध्यायमा कार्यरत पत्रकारहरूकाे समेत सहभागीता रहेकाे प्रेश संगठन बाजुराका संयाेजक बसन्त बिश्वकर्माले बताए ।

चर्चामा

सम्बन्धित समाचार