आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा ५८ बर्षिय पुरुष बाट ९ बर्षिय वालिकालाइ बलत्कारको प्रयास

बाजुरामा ५८ बर्षिय पुरुष बाट ९ बर्षिय वालिकालाइ बलत्कारको प्रयास

  • शुक्रबार, असार १९, २०७७
बाजुरामा ५८ बर्षिय पुरुष बाट ९ बर्षिय वालिकालाइ बलत्कारको प्रयास
सांकेतिक तस्बिर

बाजुराको त्रिबेणी नगरपालिमा ९ बर्षिय वालिका माथि बल्तकारको प्रयास भएको छ । बलत्कारको प्रयासको आरोपमा त्रिवेणी ८ का ५८ बर्षिय मान सिं मिजारलाई प्रहरीले नियन्त्रणमा लगेर छानबिन शुरु गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।
बुढिगंगा नगरपालिका घर भएकि ९ बर्षकि ति बालिका त्रिबेणी नगरपालिका ८ कालापानिमा बिगत सात बर्ष देखि बस्दै आएकि थिईन् । मावली घरमै बसेर कक्षा ३ मा पढिरहेकि उक्त वालिकालाई १७ गते दिउसो आफ्नो घरमा बोलाएर बलत्कारको प्रयास भएको आफन्तले जनाएका छन् । दिउसो ४ बजे घरमा कोठा बन्द गरेर बलत्कारको प्रयास गरिरहेका बेला बालिका चिच्याउदा गाँउलले थाहा पाएपछि ति पुरुषले छोडेको स्थानियले वताएका छन् ।
पिडित बालिकाले भनिन्, मेरो घरमा जाँउ भनेर भुल्याएर लगेको साथै ५५ रुपैयामा पनि दिएको थिए । उनि सँग घर गए उनले ढोकामा चुकुल्ल लगाएर आफु माथि बलत्कार गर्न खोजेको वताएकि छन् । गाँउलले थाहा पाएपछि आफु बचेको उनले बताईन् । बलत्कारको प्रयास गर्ने मान सिं मिजार बिरुद्ध जबरजस्ती करण उद्योगमा जिल्ला प्रहरी कार्यलय बाजुरामा मुद्धा दर्ता भएको छ ।

चर्चामा

सम्बन्धित समाचार