शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए, ४९ जना डिस्चार्ज

कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए, ४९ जना डिस्चार्ज

  • बिहिबार, असार १८, २०७७
कर्णालीमा ६ जना कोरोना संक्रमित थपिए, ४९ जना डिस्चार्ज

कर्णाली प्रदेशमा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्ज बाँके र कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सुर्खेतका ३ जना, दैलेख, कालीकोट र स्याङजाका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रम्ाुख डा. लक्ष्मीनारायाण तिवारीले पुष्टि गरे । उनका अनुसार सुर्खेतको वीरेन्ऽनगर नगरपालिका वडा नं. ३, ४ र ८ का एक महिलासहित तीन जना, दैलेखको महाबु गाउँपालिका, कालीकोटको पलाँता गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका एक/एक जना पुरुष रहेका छन ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४७४ पुगेको छ । स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर तिवारीका अनुसार बिहीबार क्णालीमा थप ४९ जना डिस्चार्ज भएका छन । यससँगै डिस्चार्ज हुनेको संख्या ११२७ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । अब आइसोलेसनमा ३४१ जना मात्रै रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार