शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बिओपी स्थापना

बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बिओपी स्थापना

  • बुधबार, असार १७, २०७७
बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बिओपी स्थापना

बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ। उक्त बिओपी पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा स्थापना भएको हो।

रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले बताए। उक्त बिओपीको औपचारिक उद्घाटन सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरि शंकर बुढाथोकीले गरेका हुन्।

उनले भारतीय सुरक्षाकर्मी समन्वय गरि संयुक्त गस्ती र सीमा सुरक्षा निगरानी गर्ने बताए। बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ।  बिओपी स्थापनाका लागि पञ्चेश्वर गाउँपालिकाले १५ रोपनी जग्गा उपलब्ध गराएको हो।

बैतडीमा भारतसंग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ।  हाल सीमामा देशभरी १२९ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पु¥याउने तयारी गरेको छ। नेपालतर्फको सीमा नाकामा भारतका ५३० बिओपी छन्। नेपाल सरकारले पनि त्यही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार