शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा झण्डै पौनै तीन लाख सहित सात जुवाडे पक्राउ

कैलालीमा झण्डै पौनै तीन लाख सहित सात जुवाडे पक्राउ

  • मङ्लबार, असार १६, २०७७
कैलालीमा झण्डै पौनै तीन लाख सहित सात जुवाडे पक्राउ

कैलालीमा झण्डै पौनै तीन लाख सहित सात जुवाडे पक्राउ परेका छन्। जिल्लाको लम्की चुहानगरपालिका वडा नम्बर ६ चोरीपुरको खोलाको किनारबाट उनीहरुलाई दुई लाख ५९ हजार सात सय नगद सहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा  लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का ४३ वर्षीय दिपक भण्डारी, सोही ठाउँका २८ वर्षीय प्रकाश शाही, ३४ वर्षय कृष्ण विष्ट, ३२ वर्षीय प्रजिन राई, ४० वर्षीय नवल बुढा सोही नगरपालिका वडा नम्बर २ बस्ने ३९ वर्षीय नर बहादुर शाही र टीकापुर नगरपालिका १ बस्ने ३० वर्षीय प्रकाश खड्का रहेका छन्।

चोरीपुर किनारमा रहेको पुरानो कुखुराको खोरमा जुवा खेलीरहेको भन्ने विशेष सुचनाको आधारमा क्षेत्रिय अनुसन्धान समुह (आरआईटी) र इलाका प्रहरी कार्यालय लम्कीबाट खटीएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनहरुको साथबाट दुई लाख ५९ हजार ७ सय रुपैँया, ३ थान तासको गड्डी, दुइ थान कम्बल, र ८ थान मोवाईल बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार