मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • मानबिय सेवामा अनेकौं प्रयास संस्थाद्धारा बुढीगंगा नगरपालिकालाई खाद्यान्न सहयोग

मानबिय सेवामा अनेकौं प्रयास संस्थाद्धारा बुढीगंगा नगरपालिकालाई खाद्यान्न सहयोग

  • सोमवार, असार १५, २०७७
मानबिय सेवामा अनेकौं प्रयास संस्थाद्धारा बुढीगंगा नगरपालिकालाई खाद्यान्न सहयोग

‌राजेन्द्र बहादुर — रोकाया ‌बाजुरा ‌मानबिय सेवामा अनेकौं प्रयास संस्थाद्धारा बाजुराको बुढीगंगा नगरपालिकालाई खाद्यान्न सहयोग गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ लाई मध्यनजर गर्दै क्वारेन्टीनमा बसेका नगरबासिको सहजताका लागी आफ्नो संस्था मार्फत खाद्यान्न सहयोग गरेको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभएको छ । अध्यक्ष जोशीका अनुसार मानबिय सेवामा अनेकौं प्रयासको सहयोगमा बुढीगंगा नगरपालिकाको समन्वयमा केयर एण्ड रिलिफ परियोजनाको आपतकालिन राहत कार्यक्रम अन्तर्गत नगरपालिकालाई खाद्यान्न सहयोग गरिएको हो । उक्त संस्थाले नगरपालिकालाई २५ क्वीटल चामल, ३ क्वीटल दाल, १०० किलो नुन, ४ पेटी तोरीको तेल र चार पेटी साबुन उपलब्ध गराईएको छ । उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गर्न संस्थाका अध्यक्ष भक्तराज जोशी बाजुराको बुढीगंगा नगरपालिका पुग्नुभएको थियो । खाद्यान्न सामाग्री बुधm्दै नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहले आफ्नो नगरपालिकालाई उक्त संस्थाले खाद्यान्न सहयोग गरेको प्रति संस्थाका अध्यक्ष भक्तराज जोशी र संस्थाका सम्पुर्ण टिमलाई धन्यबाद दिनुभएको छ । नगर प्रमुख शाहले उक्त संस्थाले पहिला पनी किशोरीका लागी सेनेटरी प्याड लगाएत बिद्यालयमा कम्प्यूटर सहयोग गर्दै आएको र अहिलेको यो बिषम परिस्थितीमा समेत संस्थाका अध्यक्ष भक्तराज जोशीलाई धन्यबाद दिनुभएको थियो । उक्त खाद्यान्न सहयोग कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाह, उप प्रमुख तारा खाती र मानबिय सेवामा अनेकौं प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार