साेमबार, असार २२, २०७७
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज १२६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज १२६ जनामा कोरोना पुष्टि

  • साेमबार, असार १५, २०७७
सुदूरपश्चिममा आज १२६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज एक सय २६ जनामा कोरोना पुष्टि भएको छ। शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, धनगढी प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज एक सय २६ जनामा कोरोना पुष्टि भएको हो।

धनगढीमा भएको परीक्षणमा १६ महिला र ११ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार डोटीको पुर्वीचौकी गाउँपालिकाका नौँ, केआइसिंका तीन जना, आदर्शका तीन जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको भजनीका पाँच, बैतडीको दशरथ चन्दका तीन, बाजुराको त्रिवेणीका दुई र डडेल्धुराको परशुराम नगरपालिकामा दुई जनामा कोरोना पुष्टि भएको उनले बताए। यस्तै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका २० महिला र ४६ पुरष गरी ६६ जनामा कोरोना पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुरा जिल्लाकै ८ महिला र २४ पुरष गरी ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य ता जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको उनले बताए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार चार सय ३५ पुगेको छ। आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय सात जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाजुराका चार सय १६, डोटीमा चार सय २५, कञ्चनपुरमा तीन सय सात, डडेल्धुरामा दुई सय २८, बैतडीमा दुई सय १७, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने तीन सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

चर्चामा

सम्बन्धित समाचार