आइतबार, असार २१, २०७७
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वालमार्टमा गोलीबारीः हमलाकर्तासहित २ को मृत्यु, चार घाइते

वालमार्टमा गोलीबारीः हमलाकर्तासहित २ को मृत्यु, चार घाइते

  • आइतबार, असार १४, २०७७
वालमार्टमा गोलीबारीः हमलाकर्तासहित २ को मृत्यु, चार घाइते

अमेरिकाको क्यालिफोर्नियामा रिटेल चेन वालमार्टमा शनिबार भएको गोलीबारीमा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । न्यूयोर्क टाइम्सले शनिबार यसबारे जानकारी दिएको हो । प्रहरीले ३१ वर्षीय हमलाकर्ताको पनि हत्या गरेको जानकारी दिएको छ । वालमार्ट उत्तर क्यालिफोर्नियाबाट करिब १९३ किमि टाढा रेड ब्लफमा छ । प्रत्यक्षदर्शीले त्यहाँ ५०–६० राउन्ड गोलीको आवाज सुनेको जानकारी दिए ।

रेड ब्लफ डेली न्यूज पेपका अनुसार गोलीबारी कर्मचारीको शिफ्ट परिवर्तन गर्ने बेला भएको हो । हमलाकर्ता वालमार्टमा प्रवेश गरेको र गोलीबारी सुरु गरेको बताइन्छ । घटना दिउँसो ३ बजेपछि सुरु भएको हो । करिब साढे ३ बजे प्रहरीलाई यसबारे जानकारी दिइयो । घटनाका बेला वालमार्टमा २ सय कर्मचारी थिए । हमलाबाट बच्नका लागि कतिले आफूलाई स्टोर रुममा पनि बन्द गरेका थिए ।

अधिकारीका अनुसार संदिग्धले कर्मचारी वालमार्टमा प्रवेश गर्ने द्वारमा आफ्नो गाडीले ठक्कर दिएका थिए । ठक्कर पछि गाडीमा आगलागी भयो र हमलाकर्ताले फायरिङ सुरु गरे ।

चर्चामा

सम्बन्धित समाचार