बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला प्रहरी कार्यालय बाजुराको प्राबिधीक सहयोगमा कालाजग्रा मन्दीर मर्मत

जिल्ला प्रहरी कार्यालय बाजुराको प्राबिधीक सहयोगमा कालाजग्रा मन्दीर मर्मत

  • आइतवार, असार १४, २०७७
जिल्ला प्रहरी कार्यालय बाजुराको प्राबिधीक सहयोगमा कालाजग्रा मन्दीर मर्मत

बाजुरा– बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ मा रहेको कालाजग्रा मन्दीरको मर्मत भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको प्राबिधक सहयोग तथा स्थानीयको जनश्रमदानबाट सो मन्दीरको मर्मत गरिएको हो ।
बाजुरा जिल्लाकै धार्मीक तथा पर्यटकीय क्षेत्रमा रहेको कालाजग्रा मन्दीर पुरानो बन्दै गएकोले जिल्ला प्रहरी कार्यालयले मिस्त्री सहयोग गरेको स्थानीय देबी खत्री र पुरोहीत महारुद्र जोशीले टाइल रङ सहयोग गरेर मन्दीरको रङरोगन गरी मर्मत गरेको बडीमालीका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

Image may contain: sky, house and outdoor
त्यसै गरी सुदुरपश्चिम प्रदेश सरकारको आर्थीक सहयोगमा कालाजग्रा जाने बाटो, सिडी र घेरवार समेत निर्माण गरेको वडाअध्यक्ष पाध्यायले बताएका छन् ।
प्रदेश सरकारको करिव ३५ लाखको सहयोगमा कालाजग्रा पदमार्ग र मन्दीरमा घेरवार बनाएको कालाजग्रा पर्यटन प्रबद्धन समितिका अध्यक्ष लोकेन्द्र रोकायाले बताएका छन।


समुन्द्री सहतबाट करिव ३२ सय फिट उचाइमा रहेको कालाजग्रा रमणीय तथा पर्यटनका लागी महत्वपुण क्षेत्र मानीन्छ बाजुरा जिल्लाको सदरमुकामबाट नजिकै रहेको कालाजग्रा पर्यटकीय क्षेत्रको लागी सहज र नजीकको पर्यटकीय क्षेत्रको रुपमा रहेको त्यहा पुगेका आन्तरीक पर्यटकहरुले बताउने गरेका छन् । कालाजग्रालाइ पर्यटकीय क्षेत्रको रुपमा बिकास भइरहेको भए पनी नगरपालिकाले भने कुनै चासो नदिएको पाइएको छ । बडिमालिका नगरपालिकाले हरेक बर्ष योजनामा नाम राखेको भए पनी प्रयाप्त मात्रामा पर्यटकीय क्षेत्र कालाजग्राको बिकाशमा लगानी नगरेको स्थानीयले बताएका छन् ।
सदरमुकाम मार्तडीबाट सहज रुपम पुग्न सकिने एक मात्र पर्यटकीय गन्तब्यको रुपमा रहेको कालाजग्राको अझै बिकास गर्ने हो भने त्यस आसपासका क्षेत्रका स्थानीयहरुको जिवन स्तरमा केही परिर्वतन हुने देखीन्छ ।

चर्चामा

सम्बन्धित समाचार