• होमपेज
  • समाज
  • शान्नीकोट भगवती आधारभुत विद्यालयको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

शान्नीकोट भगवती आधारभुत विद्यालयको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

  • शनिबार, असार १३, २०७७
शान्नीकोट भगवती आधारभुत विद्यालयको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

बुढिगंगा नगरपालिका १० मा रहेकाे शान्नीकोट भगवती आधारभुत विद्यालयको भवन निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानियले गरेकाे उजुरीमा विद्यालयको २ कोठे भवन निर्माणका लागि आर्थिक वर्ष ०७४।०७५ मा जिल्ला शिक्षा समन्य इकाइ बाट १६ लाख बिनियोजित भएको तर भवन निर्णाणका अध्यक्ष बासुदेव जोशीले सिमेण्ट, बालुवा, फर्निचर, राउण्डिङ बिम लगायतका सामग्रीमा अनियमितता गरेको उजुरीमा उल्लेख रहेकाे छ ।

एक स्थानियका अनुसार सोही विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर साउँदले पनि वेवास्ता गर्दा उनकाे मिलेमतोमा भवन निर्माणमा अनियमितिता भएको हो । अनियमितताको विरोध गर्दा भवन निर्णाणका अध्यक्ष बासुदेव जोशीले उल्टै गाली गलौच गरेको भन्दै उजुरीकर्ताले अनियमितताको छानविन गरि आवश्यक कारवाही गर्न माग गरेका छन । भवनमा विद्यालय निर्माणमा गुणस्तर पनि राम्राे नभएकाे स्टमेट अनुसार काम नभएकाे अख्तियारीमा उजुरी गएकाे एक स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार