शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजार
  • मोटरहेडको कोभिड स्किम : फ्ल्याट डिस्काउन्ट, बिमा र करछुट

मोटरहेडको कोभिड स्किम : फ्ल्याट डिस्काउन्ट, बिमा र करछुट

  • शनिबार, असार १३, २०७७
मोटरहेडको कोभिड स्किम : फ्ल्याट डिस्काउन्ट, बिमा र करछुट

मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले ‘समस्या अनेक सुरक्षित समाधान मात्र एक मोटरहेड’ स्किम उपभोक्तामाझ ल्याएको छ ।

मोटरहेड ब्रान्डका डर्ट, स्क्र्याम्ब्लर र स्पोर्ट बाइक उपलब्ध गराउँदै आइरहेको कम्पनीले कोभिड–१९ ले निम्त्याएको असहज परिस्थितिमा आफ्ना ग्राहकलाई सहज खरिदको प्रत्याभूति दिलाउन यस्तो स्किम ल्याएको हो ।

कम्पनीले आफ्नो ५ मोडल टेक्कन २५०, एमएच २००एक्स, स्पोर्ट्स २५० (रोड भर्सन), स्पोर्टस् २५० (अफरोड भर्सन) र एक्स टर्क २५० (स्ट्रिट भर्सन) मा सिधै १५ हजार र अन्य दुई मोडल एमएच १५०आर (स्ट्रिट भर्सन) र स्क्र्याम्ब्लर (स्ट्रिट भर्सन) मा २० हजार रुपैयाँसम्म छुटको व्यवस्था गरेको छ ।

यी फ्ल्याट डिस्काउन्टबाहेक ग्राहकले कुनै पनि मोडल खरिद गर्दा आगामी आर्थिक वर्षको शतप्रतिशत कर छुट, तेस्रो पक्ष बिमाको साथ खरिदकर्ताको निःशूल्क कोभिड बिमा पनि गराउने छ ।

परिस्थिति जस्तो सुकै भए पनि ग्राहकको मनस्थितिलाई सदैव सकारात्मक राख्ने कम्पनीको लक्ष्यलाई यस अफरमार्फत् ग्राहकको चाहनालाई सहज वातावरण उपलब्ध गराउने कम्पनीको विश्वास रहेकोअ जारी विज्ञप्तिमा उल्लेख छ । यो अफर नेपालभर उपलब्ध १२ स्थानका कम्पनीका डिलर तथा शाखाबाट प्राप्त गर्न सकिने छ ।

चर्चामा

सम्बन्धित समाचार