बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • बाजुरामा थप एकजना स्वास्थ्यकर्मिमा काेराेना पुष्टि

बाजुरामा थप एकजना स्वास्थ्यकर्मिमा काेराेना पुष्टि

  • शुक्रबार, असार १२, २०७७
बाजुरामा थप एकजना स्वास्थ्यकर्मिमा काेराेना पुष्टि

बाजुरामा थप एक जनामा काेराेना पुष्टि भएकाे छ । शुक्रवार पुष्टि भएकाे २३ जना मध्ये एक जना स्वास्थ्यकर्मिमा काेराेना पुष्टि भएकाे राष्ट्रिय जन स्वास्थ्य प्रयाेगशाला काठमाडाैले जनाएकाे छ ।  बाजुरामा याे भन्दा पहिला ६ जना स्वास्थ्यकर्मिमा काेराेना संक्रमण देखिसकेकाे थियाे । बाजुरामा याे सँग १ सय २९ जना काेराेना संक्रमित पुगेका छन् ।

बडिमालिका नगरपालिकाकाे ४० जना, बुढिगंगाकाे २६ जना, त्रिबेणि नगरपालिकामा ३९ जना, गाैमुल गाँउपालिका २२, जगन्नाथ १ जना र २ जना स्वामिकार्तिक गाँउपालिकाकाे रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार