शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • हत्या आरोपमा चार जना पक्राउ

हत्या आरोपमा चार जना पक्राउ

  • शुक्रबार, असार १२, २०७७
हत्या आरोपमा चार जना पक्राउ

कैलालीमा युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ का २२ वर्षीय गोविन्द सापकोटाको हत्या आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय सुख्खडका अनुसार पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का २० वर्षीय मिलन ऐर, २१ वर्षीय सागर बोहरा, ३२ वर्षीय प्रभात चौधरी र वडा नम्बर ३ का २२ वर्षीय विक्रम बिष्ट रहेका छन्।

सापकोटा गत जेठमा घोडाघोडी नगरपालिका ८ मा पर्ने करुवा खोलामा मृत भेटिएका थिए। मृतककी आमाले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई बीहिबार साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरिक्षक हरीशरण भट्टले बताए।घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार