शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • बाजुरामा थप २३ जनामा काेराेना संक्रमण पुष्टि, गाैमुलका २२ र १ जना स्वामिकार्तिककाे

बाजुरामा थप २३ जनामा काेराेना संक्रमण पुष्टि, गाैमुलका २२ र १ जना स्वामिकार्तिककाे

बाजुरामा १ सय २९ जना काेराेना संक्रमित

  • शुक्रबार, असार १२, २०७७
बाजुरामा थप २३ जनामा काेराेना संक्रमण पुष्टि, गाैमुलका २२ र १ जना स्वामिकार्तिककाे

बाजुरामा थप २३ जनामा काेराेना पुष्टि भएकाे छ। बाजुराकाे गाैमुल गाँउपालिकाकाे २२ जना र स्वामिकार्तिक गाँउपालिका १ जनामा काेराेना देखिएकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । २३ जनाकाे राष्ट्रिय जन स्वास्थ्य प्रयाेगशाला काठमाडाैमा जाँच गरिएकाे थियाे ।  बाजुरामा याे सँग १ सय २९ जना काेराेना संक्रमित पुगेका छन् ।

बडिमालिका नगरपालिकाकाे ४० जना, बुढिगंगाकाे २६ जना, त्रिबेणि नगरपालिकामा ३९ जना, गाैमुल गाँउपालिका २२, जगन्नाथ १ जना र २ जना स्वामिकार्तिक गाँउपालिकाकाे रहेका छन् । जसमा ३७ जना महिला र ६१ जना पुरुष रहेकाे स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार