शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • नारायण नेपालले ल्याए ‘विदेशी हैकम’

नारायण नेपालले ल्याए ‘विदेशी हैकम’

  • शुक्रबार, असार १२, २०७७
नारायण नेपालले ल्याए ‘विदेशी हैकम’

कोरोना कहरका बीचमा पत्रकार तथा लेखक नारायण नेपालले राष्ट्रियता झल्किने सांगितिक कोशेली ल्याएका छन् । लेखक नेपालले कोरोनाको संकटका बीच देशमा देखिएको भारतीय हेपाहा प्रवृत्ति र एमसीसी प्रकरण लगायतका बिषय समेटेर ‘विदेशी हैकम’ म्युजिक भिडियो ल्याएका हुन् ।

संगीत दिवसको अवसर पारेर गायिका ममता खड्काको आधिकारीक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको छ । नारायण नेपालको शब्दमा नारायण दंगालले संगित भरेका छन् । ‘उठ् जाग नेपाली जनता हो’ बोलको गीतमा ममता खड्का र दामोदर न्यौपानेको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा गायकद्धय खड्का र न्यौपानेसहित दीपक लामा, सम्राट घिमिरे, दिप शेर्पाली लगायतले अभिनय गरेका छन् । म्युजिक भिडियो दिप शेर्पालीले निर्देशन तथा सम्पादन गरेका हुन् ।

विश्व नै कोरोना महामारीबाट ग्रस्त भएको बेलामा भारतले नेपालीभूमिमाथीको अतिक्रमण तिव्र पारेको, बर्षौदेखि राज्यसञ्चालकबाट नै महत्वपूर्ण भूमि बेच्ने काम भएको लगायतका गम्भिर बिषय गीतमा समावेश भएको गीतकार नेपालले बताए । नेपाली खोलानाला नदिसमेत विदेशीको कब्जामा पुगेको, सिमानाका बासिन्दा सास्तीमा रहेको भाव गीतमा झल्काइएको छ ।

विदेशी हैकम सहनुहुँदैन, एकजुट भएर प्रतिकार गर्नुपर्छ भन्ने सन्देश गीतबाट दिन खोजिएको छ । गीतकार नेपालले यसअघि ‘एनसेलको करछुट बोल’ को अडियो गीत बजारमा ल्याइसकेका छन् भने नेपाली राजनीति, साहित्य, यात्रा संस्मरण लगायतका बिषयमा विभिन्न पुस्तक लेखिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार