शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • फर्केर हेर सयौँ बर्षको त्यो दाशताँ लाई (गजल)

फर्केर हेर सयौँ बर्षको त्यो दाशताँ लाई (गजल)

  • बुधबार, असार १०, २०७७
फर्केर हेर सयौँ बर्षको त्यो दाशताँ लाई (गजल)

भारत लाई हामि मिलेर आजाद गरायौँ,
एक आर्काकामा बिलेर आजाल गरायौँ।

आज फेरीपनि आएकोछ बृटिष्ट लडौन,
जस लाई पहिले जिलेर आजाद गरायौँ।

फर्केर हेर सयौँ बर्षको त्यो दाशताँ लाई,
अंग्रेजी हुकुमतनै हिलेर आजाद गरायौँ।

नेपाली जनता बहादुरी को साथ लड्दा,
दुबैको मन र मुटु सिलेर आजाद गरायौँ।

आज फेरी बोकेर आएकोछ एम सी सी,
जो छातिमै गोलि किलेर आजाद गरायौँ।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार