• होमपेज
  • देश
  • सेती अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलासिस गर्न नपाएका एक पुरुषको मृत्यु

सेती अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलासिस गर्न नपाएका एक पुरुषको मृत्यु

  • बुधबार, असार १०, २०७७
सेती अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलासिस गर्न नपाएका एक पुरुषको मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा एक पुरुषको मृत्यु भएको छ। बैतडीको मेलौली नगरपालिका वडा नम्वर ३ का ४७ बर्षीय पुरुषको मृत्यु भएको हो।

‘सेती अस्पताल ल्याएपछि डायलासिस गराउनका चिकित्सकहरुले सुझाव दिएका थिए,’ मृतकका भतिजाले दिनेश खवरलाई भने, ‘कोरोना परीक्षण नहुँदा सम्म डायलासिस गर्न नमिल्ने भनियो। तीन दिनसम्म कोरोना परीक्षण नै भएन्। मंगलवार राति मृत्यु भएको छ।’

सेती प्रादेशिक अस्पतालका अनुसार मंगलवार साँझ भने कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको थियो। सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले भने, ‘डायलासिस गराउन पर्ने जानकारी मंगलवार मात्रै आएको थियो।

भारतबाट आएका व्यक्तिसंग पनि सम्पर्क भएको देखिएकाले पीसीआर जाँच गराउन भनेका हौ।’ यता सेती प्रादेशिक अस्पतालका डाक्टर शेरवहादुर कमरले अस्पतालमा ल्याएपछि सुरुवातदेखि नै डायलासिस गराउन आग्रह गरीएको बताए। अस्पतालले विस्तृत जानकारी केही समयमा दिने जनाएको छ। #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार