मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • आरडिटी पोजेटिभ बाजुराका ८ जनाले मदिरा सेवन गरि क्वारेन्टाईन छोडे

आरडिटी पोजेटिभ बाजुराका ८ जनाले मदिरा सेवन गरि क्वारेन्टाईन छोडे

  • मङ्लबार, असार ९, २०७७
आरडिटी पोजेटिभ बाजुराका ८ जनाले मदिरा सेवन गरि  क्वारेन्टाईन छोडे

 राजेन्द्र बहादुर रोकाया — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको वडा नम्बर चारको क्वारेन्टाईनमा बस्दै आएका ८ जनाले मदिरा सेवन गरी होहल्ला गर्दै क्वारेन्टाईन छोडेर घर गएका छन् ।

बुढिगंगा नगरपालिका वडा नंम्बर चारको भुक्तोलि प्राबिको वारेन्टाईनमा बस्दै आएका २० जनामा ८ जनाले मदिरा सेवन गरी गालि गलोज गर्दै क्वारेन्टाईन छोडेर घर गएका स्थानीय धुर्ब खातिले जानकारि दिनुभएको छ । आरडिटी पोजेटिभ आएर क्वारेन्टाईनमा बस्दै आएका २० जनामा ८ जना घर गएका हुन ।

मदिरा सेवन गरि मात्तिदै आएपछि गाउलेले सम्झाउन खोज्दा उल्टै गाउले संग जाई लागेका छन् । सोही क्रममा स्थानीय र क्वारेन्टानबाट निस्केकाहरुको झडप भएको छ झडपका क्रममा स्थानीय बिस्नु खाती घाईते भएका छन् । उक्त बिषयमा वडाबाट बुझ्न खोज्दा वडा अध्यक्ष भने सम्पर्कमा नआएको बुझिएको छ ।

चर्चामा

सम्बन्धित समाचार