शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • आगलागी हुदा एक खलो जलेर नष्ट

आगलागी हुदा एक खलो जलेर नष्ट

  • सोमवार, असार ८, २०७७
आगलागी हुदा एक खलो जलेर नष्ट

राजेन्द्र बहादुर रोकाया– बाजुरा गौमुल गाउपालिका ३ पातेमा आगलागी भएको छ । आज दिउसो करिव साडे चार बजेतिर भएको आगलागीमा एक खलो जलेर नष्ट भएको छ । गाउमा यतिबेला गौंहु बाली भित्र्याउने चटारो चलिरहेको छ । भित्र्याएको गौंहु बाली सुकाउन खलामा बालेको आगोले गौमुल गाउपालिका २ पातेका स्थानीय गेले धामीको खलो जलेर नष्ट भएको छ ।

जेठमा भित्र्याएका सबै गौंहु र जौ जलेर नष्ट भयो अहिले लकडाउनको समयमा बल्ल तल्ल भित्र्याएको बाली समेत जल्यो के खो ठुलो समस्या भएको पिडित धामीले दुखेसो गरेका छन । घरमा कोही नभएको समयमा आग लागी भएको र करिव एक घण्टा पछी सबै स्थानीय जम्मा भएर आगो नियन्त्ररणमा आएको गौमुल गाउपालिका २ पातेबाट स्थानीय दमन धामीले जानकारि दिएका छन।

चर्चामा

सम्बन्धित समाचार