मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश
  • गाैमुल गाँउपालिका अध्यक्षका साथिले अमेरिका बाट संकटमा सहयोग 

गाैमुल गाँउपालिका अध्यक्षका साथिले अमेरिका बाट संकटमा सहयोग 

  • आइतवार, असार ७, २०७७
गाैमुल गाँउपालिका अध्यक्षका साथिले अमेरिका बाट संकटमा सहयोग 

गौमुल गाँउपालिकाका अध्यक्ष हरि बहादुर रोकायाको साथिले अमेरिका बाट आर्थिक सहयोग गरेका छन् । गाँउपालिका वडा नम्बर १ अन्राडिका बासिन्दाका लागि कोभिड १९ संकटमा खाद्यन्न सहयोगका लागि सहयोग गरेको गाँउपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।

काठमाडौ घर भई हाल अमेरिका बसोवास गर्दै आएका Mingma Tshering Sherpa ले अनराडिमा रहेका ४४ परिवारका लागि खाद्यन्न सहयोगका लागि १ लाख १३ हजार ६ सय १५ सहयोग गरेको गाँउपालिका अध्यक्ष रोकायाले बडिमालिका खबरलाई बताएका छन् । उहाँले गरेको सहयोग रकमले अन्राडि बासिलाई खाद्यन्न सहयोग गर्ने रोकायाले वताएका छन् ।

अध्यक्ष रोकायाले यो संकटमा आफ्नो साथिले केही सहयोग गर्ने इच्छा देखाएपछि आफुले सबै भन्दा बिकट र टाढाको गाँउ अन्राडि भएकाले अन्राडि गाँउलाई सहयोग गर्ने गरि Mingma ले सहयोग गरेको वताए । उनको सहयोग रकमले गाँउमा चामल, दाल, लगायतका खाद्य सामाग्री दिने अध्यक्ष रोकायाले वताएका छन् । उनको सहयोगले अन्राडिबासीलाई ठुलो सहयोग हुने वताएका छन् । Mingma ले संकटकाे बेला पटक पटक सहयाेग गर्दै आएका छन् । उनले समस्या परेकालाइ र गाँउपालिका अन्य सवालमा पनि सहयाेग गर्दै आएका छन् । उनि अमेरीका बसेपनि नेपालमा समाजसेवा गर्दै आएका छन् ।

अन्राडि गाँउ सदरमुकाम मार्तडी बाट २ दिनको पदैल र गौमुल गाँउपालिकाको कार्यलय बाट एक दिनको दुरीमा रहेको गाँउपालिका हो । भौगोलिक बिकटताले बाजुराको दुर्गम गाँउका रुपमा यो गाँउ चिनिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार