शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • जडिबुटी खाएर बच्चा खेर गएकि महिलामा पनि कोरोना पुष्टि

जडिबुटी खाएर बच्चा खेर गएकि महिलामा पनि कोरोना पुष्टि

  • बिहिबार, असार ४, २०७७
जडिबुटी खाएर बच्चा खेर गएकि महिलामा पनि कोरोना पुष्टि

गुरजो नामक जडिबुटि खाएर गर्भपतन भएकि १७ बर्षकि महिलामा पनि कोरोना पुष्टि भएको भएको छ । बुधवार आएको पिसिआर रिपोटमा उनमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बुढिगंगा नगरपालिका २ बसन्त आधारभुक्त बिद्यालयमा बसेकि १७ बर्षकि गर्भवती महिलाले कोरोना ठिक हुन्छ भनेर गुरजो नामक जडिबुटि खाएकि थिईन् । उनमा अत्याधिक रक्तस्राब भएपछि जिल्ला अस्पताल बाजुरामा ल्याइएको थियो, उनको बच्चा समेत खेर गएको थियो । उनलाई आरडिटि चेक गर्दा पोजेटिभ देखिएको थियो ।
प्रतिरक्षात्मक शक्ति बढाउन र कोरोना बाट बच्नका लागि गाँउबाट बरजो नामक जडिबुटि मगाएर खाएको ति गर्भवतीले वताएकि थिइन् । त्यो खाइसकेपछि तल्लो पेट दुख्ने रक्तस्राव भएको वताएकि छन् । जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले पनि गुरजो नामक जडिबुटि खाएर गर्भपतन भएको बिज्ञप्तिमा उल्लेख गराएका थिए ।
उनको ८ जनाको परिवार भारतबाट १४ गते क्वारेनटाइनमा पुगेका थिए । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने जडिबुटि खाएपछि गर्भवतीमा खतराको लक्षण देखा परेको वताएका थिए । आयुर्वेद चिकित्सक डा. सत्यराज जोशिले भने यो जडिबुटिले यस्तो नहुनु पर्ने हो, तर स्वास्थ्यकर्मिको सल्लाह अनुसार खानुपर्ने हो कुनै अन्य कारणले यस्तो भएको हुन सक्ने वताएका छन् । अर्काे खाने मात्रा पनि कति कसरी भन्ने हो, तर यो जडिबुटिले त्यस्तो असर नपार्ने जोशि बताँउछन् ।

चर्चामा

सम्बन्धित समाचार