शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • बिहिबार, असार ४, २०७७
कैलालीमा बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

धनगढी —  कैलालीमा जीपको ठक्करबाट एकजनाको मृत्युपछि पूर्व–पश्चिम राजमार्ग आज पनि अवरुद्ध पारिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ मा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक जोशीपुर गाउँपालिकाका ३२ बर्षीय गम्भीर कुडकेनीको मृत्यु भएपछि स्थानीयले आज पनि राजमार्ग अवरुद्ध पारेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैललाीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दोषीलाई कारवही र क्षतीपूर्तिको माग गर्दै लालपुरमा राजमार्ग अवरुद्ध पारिएको बताए।  मृतक कुडकेनी केदारेश्वर बोर्डीङ स्कुलका प्रिन्सिपल हुन्।

हिजो दिउसो बा २० च ५१२८ नम्वरको जीप र से ४ प ७३९८ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो। जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जिवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार