• होमपेज
  • समाज
  • सुदूरपश्चिमका ७४ जना संक्रमित डिस्चार्ज

सुदूरपश्चिमका ७४ जना संक्रमित डिस्चार्ज

  • बुधबार, असार ३, २०७७
सुदूरपश्चिमका ७४ जना संक्रमित डिस्चार्ज

धनगढी —  सुदूरपश्चिममा पहिलो संक्रमित फेला परेको झण्डै तीन महिनामा ७४ जना कोरोना संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखन प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ सार्वजनिक ७४ जना संक्रमितलाई डिस्चार्ज गरीएको जानकारी दिए।

‘कैलालीका २८, डोटीबाट २०, कञ्चनपुरबाट ७, बैतडी र डडेल्धुराबाट ६/६, अछामबाट ४, दार्चुलाबाट दुई र बझाङ जिल्लाबाट एक जना संक्रमितलाई डिस्चार्ज गरीएको छ।’ कार्कीले भने।

यस्तै दुई सय ७० जना संक्रमितको भने सुदूरपश्चिमकै विभिन्न अस्पताल र क्वारेन्टिनमा उपचार भईरहेको छ भने दुई जना संक्रमितको मृत्यु भईसकेको छ।

स्वास्थ्य निर्देशनालयले पनि मंगलवार साँझ सार्वजनिक गरेको तथ्याङमा ७४ जनाले कोरोना जितेको उल्लेख गरेको छ तर अधिकासंले भने कोरोना जित्न बाँकी छ।

कैलाली र कञ्चनपुरका नौँ जना र डडेल्धुरा, बैतडी र दार्चुलाका संक्रमितले कोरोना जितेपनि अन्यलाई भने १४ दिन अस्पतालमा राखेर कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै डिस्चार्ज गरीएको हो।

उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छैन्। कोरोना ठिक नहुँदै डिस्चार्ज गरिन थालेपछि गाउँगाउँमा त्रास फैलिएको छ।

चर्चामा

सम्बन्धित समाचार