बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाचार
  • ९० वर्षीय पुरुषसहित थप ३ जनामा कोरोना संक्रमण

९० वर्षीय पुरुषसहित थप ३ जनामा कोरोना संक्रमण

  • मङ्लबार, असार २, २०७७
९० वर्षीय पुरुषसहित थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं– थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा मंगलबार दिउँसो जारी सूचना अनुसार सो प्रदेशमा थप तीन जनामा संक्रमण पुष्टि भएको हो।

कास्कीको पोखरा महानगरपालिका पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरामा उपचार गराइरहेका ९० वर्षका एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिकाका १२ र ४६ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको हो।

गण्डकी प्रदेशमा मंगलबार बिहान मात्रै १८ जनामा संक्रमण पुष्टि भएको थियो

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२६ पुगेको छ। नेपालभर भने संक्रमितको संख्या ६ हजार २ सय ३२ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार