शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जापनिज नागरिकको सहयोगमा बडिमालिका खबर द्धारा राहत बितरण

जापनिज नागरिकको सहयोगमा बडिमालिका खबर द्धारा राहत बितरण

  • मङ्लबार, असार २, २०७७
जापनिज नागरिकको सहयोगमा बडिमालिका खबर द्धारा राहत बितरण

 जापनिज नागरिक कोहि अकिताको (kohei Akita) आर्थिक सहयोगमा बडिमालिका खबर द्धारा राहत बितरण गरिएको छ । लकडाउनको बेला खाद्य संकटको मार खेपिरहेका गौमुल गाँउपालिका ५ कोट गाँउका २२ परिवारलाई खाद्यन्न सहयोग गरिएको बडिमालिका खबरका सम्पादक पदम बहादुर सिंहले वताएका छन् । प्रति परिवार ३० केजी चामल, २ केजी दाल, २ केजी नुन, २ पिस लुगा धुने साबुन, २ पिस नुहाउने साबुन खाद्यन्न सहयोग गरिएको छ ।

यो संकटको बेला थोरै भएपनि सहयोग होस भन्ने उद्देश्यले आफुले सहयोग गरेको कोहि अकिताले बडिमालिका खबरलाइ बताएका छन् । आफु पहिला उक्क्त गाँउ पुगेको गाँउको मायाले मैले सहयो गरेको अकिताले वताएका छन् । उहाँकोब सहयोगले उनिहरुलाई केही महिना खाद्यन्नको जोहो गौमुल गाँउपालिकाकि उपाअध्क्ष सिता थापाले वताएकि छन् । उनले सहयोगिलाई धन्यवाद दिनुका साथै अझै दिनदुखिको सेवामा लाग्न आग्रह गरेका छन् साथै सहयोगी दातालाई धन्यवाद दिएकि छन् ।

स्थानिय लोकेन्द्र बुढाले भने जापनिज नागरिकको यो संकटको बेलाको सहयोगले गाँउलाई ठुलो सहयोग भएको वताएका छन् । साथै गाँउलेको तर्फ बाट धन्यवाद समेत दिएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा गौमुल गाँउपालिकाका उपाअध्यक्ष सिता थापा, वडा नम्बर ५ का वडा सचिब कमला रेग्मि, पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंह, बडिमालिका खबरका सम्पादक पदम बहादुर सिंहको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार