शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • वार्षिक कति पारिश्रमिक बुझाउँछिन् बडीगार्डलाई दीपिका?

वार्षिक कति पारिश्रमिक बुझाउँछिन् बडीगार्डलाई दीपिका?

  • मङ्लबार, असार २, २०७७
वार्षिक कति पारिश्रमिक बुझाउँछिन् बडीगार्डलाई दीपिका?

बलिउडमा बडीगार्डहरूको चर्चा हुँदा सबैभन्दा धेरै चर्चा सलमान खानका बडिगार्ड टाइगरको चर्चा धेरै हुन्छ। अन्य बलिउड स्टारका बडीगार्डहरूको खासै चर्चा भएको सुनिदैनन्।

आफ्नो व्यक्तिगत सुरक्षाका लागि स्टारहरूले बडीगार्डमा राम्रै रकम खर्चने गर्छन्। यसरी व्यक्तिगत सुरक्षामा राम्रो रकम खर्चनेमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि पर्छिन्। उनको सुरक्षाको जिम्मा जलालले लिएका छन्। वर्षौदेखि जलाल दीपिकाको सुरक्षामा खटिदैं आएका छन्।

दीपिकाका महत्वपुर्ण अवसरमा जलाल कहिल्यै छुट्दैनन्।  त्यसो त दीपिकाले उनलाई आफ्नो भाइ मान्ने गरेकी छन्। हरेक वर्ष उनले जलालको हातमा रक्षाबन्धन बाँध्छिन्।

दीपिका बलिउडमा राम्रो पारिश्रमिक लिने र धेरै कमाउने अभिनेत्रीहरूको सूचिमा पर्छिन्। Deepika Padukone के बॉडीगार्ड की कमाई जानकर उड़ जाएंगे आपके होश

कमाएको रकममध्येबाट आफ्नो सुरक्षामा उनले राम्रै रकम खर्च गर्ने गरेकी छन्। बलिउड लाईफ डटकमका अनुसार उनले आफ्नो सुरक्षा गरेवापत जलाललाई वार्षिक १ करोड भारू रकम पारिश्रमिक दिने गरेकी छन्। सन् २०१७ मा भने यो रकम ८० लाख रूपैयाँ थियो।

जलालले दीपिकाको सुरक्षा गरे वापत पाउने यो रकम वास्तवमा धेरै हो। दीपिका अभिनित ‘८३’ सिनेमा रिलिजका लागि तयार भइसकेको बताइन्छ, सिनेमामा उनले आफ्ना पति एवम अभिनेता रणवीर सिंहसँग जोडी बाँधेकी छन्।

चर्चामा

सम्बन्धित समाचार