सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • रुकुम घटना बागमति प्रदेशसभामा प्रबेश

रुकुम घटना बागमति प्रदेशसभामा प्रबेश

  • सोमवार, असार १, २०७७
रुकुम घटना बागमति प्रदेशसभामा प्रबेश

गत जेठ १० गते पश्चिम रुकुम चौरजहारी ८ सोतीमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा आज स्वतन्त्र जनदबाब अभियान समुहले उठाएको बिषयले बागमति प्रदेश सभामा समेत प्रबेश पाएको छ ।

रुकुम चौरजहारीमा भएको सामुहिक हत्याकाण्डका दोषीहरुलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै स्वतन्त्र जनदबाब अभियानले यसअघि रुकुम हत्याकाण्डको बिरोधमा बुद्ध चोकमा ५ दिने धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गर्नुका साथै बिभिन्न निकायलाई ध्यानाकर्षण बुझाइसकेको छ।

साथै जेठ ३२ गते प्रदेश सभा अगाडी २ घण्टा धर्ना तथा बागमति प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सङ्कलन गरीसकेको छ।सोही काय्रक्रममा हस्ताक्षर गरेर प्रदेश सभामा प्रबेश गरेपछि शून्य समयमा बोल्दै साझा पाट्रीका प्रदेशसभा सदस्य शोभा शाक्यले रुकुम हत्याकाण्डका दोषीहरुलाई कारवाहीको लागि खबरदारी गरेका छन् ।

बगमति प्रदेश सभामा बिषय प्रबेश हुनुले दोषीहरुमाथि कारवाही हुने सम्भावना बढेको स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातिले बताए ।

चर्चामा

सम्बन्धित समाचार