शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे हिमाली गाउँपालिकामा स्वास्थ्यकर्मी माथी ढुगांमुढा प्रहार गरी घाइते

बाजुराकाे हिमाली गाउँपालिकामा स्वास्थ्यकर्मी माथी ढुगांमुढा प्रहार गरी घाइते

  • सोमवार, असार १, २०७७
बाजुराकाे हिमाली गाउँपालिकामा स्वास्थ्यकर्मी माथी ढुगांमुढा प्रहार गरी घाइते

बाजुरा — हिमाली गाउँपालिकाका स्वास्थ्यकर्मीलाइ क्वारेन्टाइनमा रहेका केही ब्यक्तीले ढुृगां मुढा गरेर घाइते बनाएका छन् । क्वारेन्टाइनमा रहेकाहरूकाे अारडिटी परीक्षणामा गएका स्वास्थ्यकर्मीमाथी उल्टै ढुगांमुढा गरेकाे काेल्टी प्रथामीक स्वास्थ्य केन्द्रका काेबिट १९ राेकथाम तथा नियन्त्रण समिति काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रका  फोकल पेर्सन अाेमजंग शाहीले बताएका छन् ।

हिमाली गाउँपालिका बाजुराका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भन्डारी लाइ ढुगांले हानेर घाइते बनाएकाे बताए । उनलाइ थप उपचारका लागि  कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा  ल्याउन लागिएकाे फोकल पेर्सन शाहीले बताएका छन् ।

हिमाली गा.पा.बाजुराका स्वास्थ्य शाखा प्रमुख  राजबहादुर भन्डारी माथी क्वारेन्टिन स्थलमा RDT परिक्षणको क्रममा ढुंगा प्रहार गरि घाइते बनाइएको हाे । यता प्रहरीलाइ भने जानकारी नभएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार