शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सेलिब्रेटी
  • सरकारलाई प्रियंकाको आग्रह–‘यूवाहरुको प्रदर्शनलाई गम्भिरतापूर्वक लिनुहोस्’

सरकारलाई प्रियंकाको आग्रह–‘यूवाहरुको प्रदर्शनलाई गम्भिरतापूर्वक लिनुहोस्’

  • आइतवार, जेष्ठ ३२, २०७७
सरकारलाई प्रियंकाको आग्रह–‘यूवाहरुको प्रदर्शनलाई गम्भिरतापूर्वक लिनुहोस्’

नायिका प्रियंका कार्कीले यूवाहरुले सडकमा गरिरहेको आन्दोलनलाई गम्भिरतापूर्वक लिइदिन सरकारसँग आग्रह गरेकी छिन् । सामाजिक संजालमा लामो स्टाटस कोर्दै उनले भनेकी छिन्–‘कृपया मुद्दाको संवेदनशिलता वुझिदिनुहोस् । जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरी सम्बोधन गरिदिनुहोस् । आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गरिदिनुहोस् ।’

उनले सरकारसँग यस्तो आग्रह गर्दै गर्दा सडकमा उत्रिएका यूवाहरुलाई सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेकी छिन् । साथै, उनले गैह्र राजनीतिक आन्दोलनको रुपमा सुरु भएको प्रदर्शनमा अब राजनीतिक गन्ध समेत भेटिन थालेको महशुश आफूले गरेको पनि लेखेकी छिन् । उनी लेख्छिन्–‘गैह्र राजनीतिक यूवा आन्दोलनको रुपमा सुरु भएको प्रदर्शनले अब थोरै राजनीतिक मोड लिएको हो कि भन्ने महशुश भएको छ । कुनै राजनीतिक एजेन्डा वा संलग्नता नभएसम्म यो विरोध एक ठूलो पहल हो । यो हामीले निस्वार्थ रुपमा हाम्रो देश र जनताको सुरक्षाका लागि सुरु गरेको प्रदर्शन हो । हाम्रो आवाजमा शक्ति छ । यो शक्तिको दुरुपयोग हुन हुन्न ।’

प्रियंकाले प्रदर्शनका क्रममा सामाजिक दुरी पनि कायम नभएको भन्दै यसले संक्रमण फैलिन सक्ने जोखिममा ध्यान दिन पनि आग्रह गरेकी छिन् । प्रियंकाले आज हुने भनिएको प्रदर्शन स्थगित गर्न पनि आग्रह गरेकी छिन् । आज संसदले नयाँ नक्शा पारित गर्ने कार्यक्रम भएकाले पनि नेपालीहरु एक झन् भन्ने सन्देश दिन आवश्य रहेको उनले उल्लेख गरेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार