• होमपेज
  • कला /साहित्य
  • देश रक्षागर्ने क्रतब्य आफ्नो ठानेर लडौँ।

देश रक्षागर्ने क्रतब्य आफ्नो ठानेर लडौँ।

  • शनिबार, जेष्ठ ३१, २०७७
देश रक्षागर्ने क्रतब्य आफ्नो ठानेर लडौँ।

गजल!
जिवन लाई देशको अमानत मानेर लडौँ,
देश बिना हामि पनि नरहने जानेर लडौँ।

मात्रृत्वको रक्षकनै नागरीकहरु हुँने हुँदा,
देश रक्षागर्ने क्रतब्य आफ्नो ठानेर लडौँ।

यँहा नमरेकै कोछ भन जिउँदै मर्न भन्दा,
बरु शंघर्षकै मैदानमा कात्रो बानेर लडौँ।

अतिक्रमण गर्न थालेको दसकौँ बित्याछ,
छिमेकसँग आफ्नो भूमीलाई तानेर लडौँ।

थाहाछ हामि सँग आधुनिक हतियार छैन,
तर सच्चाई वीरताकै बिचारले हानेर लडौँ।

पहिले पर्खाल लगाउँ मन मष्तिकमै पनि,
फेरी बिदेशी दलालहरु लाई छानेर लडौँ।
सुरेशकुमार पान्डे।१३-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार