बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बलिउड/हलिउड
  • जब करिनाले गरिन् खुलासाः सबैले भनेका थिए सैफसँग विवाह गरे पछुताउनेछौ किनभने उनी…

जब करिनाले गरिन् खुलासाः सबैले भनेका थिए सैफसँग विवाह गरे पछुताउनेछौ किनभने उनी…

  • शनिबार, जेष्ठ ३१, २०७७
जब करिनाले गरिन् खुलासाः सबैले भनेका थिए सैफसँग विवाह गरे पछुताउनेछौ किनभने उनी…

एजेन्सी–  सैफ अली खान र करिना कपुर खान बलिउडका निकै चर्चित जोडीमध्येका एक हुन् । यो जोडी अक्सर लाइमलाइटमा आइरहन्छन् । सैफ र करिनाले सन् २०१२ मा विवाह गरेका थिए र यी दुईको विवाह निकै चर्चामा रह्यो । यतिमात्रै होइन, जब करिनाले छोरा तैमुरलाई जन्म दिइन् तब तैमुर पनि अत्यधिक चर्चामा आएका थिए । करिना र सेफले थुप्रै चलचित्रमा सँगै काम गरेका छन् । फिल्म टशनमा यो जोडी नजिकिएको थियो र धेरै समयसम्म डेट गरेपछि करिना र सैफले विवाह गर्ने निर्णय गरे । शाहरुख खानको एउटा पुरानो भिडियो भारतीय मिडियामा पुनः चर्चामा आएको छ जसमा करिनाले सैफ अली खानसँगको विवाहबारे कुरा गरिरहेको देख्न सकिन्छ ।

यो भिडियो करण जोहरको कार्यक्रम कफी विद करणको हो जसमा करिना प्रियंका चोपडासँग पाहुना बनेर पुगेकी थिइन् । जब करण जोहरले उनको र सैफ अली खानको विवाहबारे प्रश्न सोधे तब नायिकाले आफूलाई धेरैले सैफसँग विवाह नगर्न सुझाव दिएको बताइन् । कतिले त उनीसँग विवाह गरेपछि निम्तिने सम्भावित परिस्थितीका लागि पनि चेतावनी दिएको उनले बताइन् ।

नायिकाले भनिन्, ‘जब मैले सैफसँग विवाह गर्ने निर्णय गरेँ तब धेरैले मलाई यस्तो नगर्न भने । उनीहरुले सैफ पहिले नै विवाहित भएको र उनका दुई सन्तान भएको पनि मलाई बताए । ‘उनको सम्बन्धविच्छेद भएको छ, के तिमी साँच्चै नै यस्तो गर्न चाहन्छौ ?’ धेरैले उनलाई भने । कतिले त सैफसँग मैले विवाह गर्दा मेरो करियर नै ध्वस्त हुने पनि बताए । मानिसहरुको कुरा सुनेर मलाई यस्तो लागेको थियो कि प्रेम गर्नु कुनै अपराध हो, कसैसँग विवाह गर्नु पनि अपराध हो । त्यसपछि मैले सोचेँ कि ट्राई गरौं, हेरौं के हुन्छ ।’

स्मरण रहोस्, सन् २००४ मा सैफले आफ्नी जेठी श्रीमती अमृतासँग सम्बन्धविच्छेद गरेका थिए । अमृता र सैफका दुई सन्तान सारा र इब्राहिम छन् ।

चर्चामा

सम्बन्धित समाचार