सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रदेश १
  • २ सय बढी एक्टिभ संक्रमित भएको जिल्लामा फेरि लकडाउन गर्न सकिने

२ सय बढी एक्टिभ संक्रमित भएको जिल्लामा फेरि लकडाउन गर्न सकिने

  • शनिबार, जेष्ठ ३१, २०७७
२ सय बढी एक्टिभ संक्रमित भएको जिल्लामा फेरि लकडाउन गर्न सकिने

सरकारले २ सयभन्दा बढी एक्टिभ संक्रमित भएकाे जिल्लामा पुनः लकडाउन गर्न सकिने जनाएको छ। स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी नयाँ मापदण्ड जारी गर्दै जिल्लामा २ सय बढी संक्रमित रहेको अवस्थामा पूर्ण लकडाउन गर्न सकिने जनाएको हो।

झण्डै तीन महिनापछि लकडाउनलाई पहिलो चरणमा खुकुलो गरिएसँगै मन्त्रालयले संक्रमण जोखिमलाई लक्षित गर्दै यस्तो मापदण्ड जारी गरेको हो।

मन्त्रालयले यो लकडाउन खुकुलो भएसँगै सबै किसिमको जमघट र भेटघाटमा कम्तिमा ६ फिटको दूरी कायम गर्न भनेको छ।

साथै मास्कको प्रयोग र साबुन पानीले अनिवार्य हात धुन पनि सुझाएको छ। मापदण्डमा आधारभूत र स्वास्थ्यगत रुपमा पालना गर्नुपर्ने नियमहरू पनि सुझाइएको छ। कुनै स्वास्थ्य समस्या देखिए नियमित जाँच गर्न भनिएको छ।

त्यस्तै उच्च जोखिमयुक्त ठाउँमा रहेका होटल र क्यान्टिनले खाना प्याकिङ गरेर मात्र लैजान सक्ने व्यवस्था गरिएको छ। साथै ग्राहकलाई सेवा प्रदान गर्दा भौतिक दूरी कायम गर्न भनिएको छ।

तर जिल्लामा संक्रमित संख्या ५० देखि २०० सम्म हुँदा मात्रै माथि उल्लेखित कुराहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न सकिनेछ।

मन्त्रालयले यस मापदण्डको उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० र जनस्वास्थ्य सेवा ऐन, २०७५ बोमोजिम सजाय हुने जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार