बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • एमसीसी सम्झौता लाई करार

एमसीसी सम्झौता लाई करार

  • शनिबार, जेष्ठ ३१, २०७७
एमसीसी सम्झौता लाई करार

गजल!
एमसीसी सम्झौता लाई करार गरी,
साम्राज्या वाद माथि उपकार गरी।

आफ्नै देश लाई रण भूमी बनाउँन,
असमान सम्झौता नै लगातार गरी।

यिनै हुँन सुगौलीमा सन्धि गर्ने पनि,
फेरी बलाउँदै छ सरकार प्यार गरी।

भन्छन पाँच सए करोड दिन्छ दान,
खान्छ देश ब्याज मै नाङ्गेझार गरी।

खारेज नगर्दा त संघियताले डुबायो,
कति खान्छौ मन्त्रि देश ब्यपार गरी।

पाइने छैन नेपाल खोज्दा नक्सा मा,
सखाप पारे दलाली बारम बार गरी।

अब त नेता बाट खतरा छ देश लाई,
झुके अंग्रेज को अँघी लमपसार गरी,
सुरेशकुमार पान्डे।१३-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार