शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकामा ३२ जनामा आरडिटिी पोजेटिभ

त्रिबेणी नगरपालिकामा ३२ जनामा आरडिटिी पोजेटिभ

  • शुक्रबार, जेष्ठ ३०, २०७७
त्रिबेणी नगरपालिकामा ३२ जनामा आरडिटिी पोजेटिभ

 राजेन्द्र बहादुर रोकाया–  बाजुरा बाजुराको त्रिबेणी नगरपालिकामा आज गरीएका आरडिटी परीक्षणमा ३२ जनामा कोरोनाको एन्टिबडी देखीएको छ । नगरपालिकामा आज गरीएका १६९ जनाको आरडिटी परीक्षण गर्दा ३२ जनामा पोजेटीभ देखिएको त्रिबेणी नगरपालिकाका नगर पबक्ता प्रेमबहादुर थापाले बताउनुभयो ।

कोरोना भाईरस कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढीरहँदा बाजुरामा समेत कोरानाका संक्रमित थपिदै गएको समयमा कोरोनाको आरडिटी परिक्षण तिब्र रुपमा बढाइएको प्रबक्ता थापाले बताउनुभएको छ । त्रिबेणी नगरपालिका एकमा रहेको त्रिपुरा सुन्दरी प्राबिको क्वारेन्टाइनमा रहेका २९ जनाको आरडिटी परीक्षण गर्दा ४ जनामा कोरोनाको एन्टिबडी देखिएको छ ।

त्यस्तै छतारा स्वास्थ्य चौकीको क्वारेन्टाईनमा रहेका ८ जनाको आरडिटी परीक्षण गर्दा ३ जनामा पोजेटीभ, मस्टेश्वरी माबिको क्वारेन्टाईनमा १११ जनाको आरडिटी परीक्षण गर्दा २४,नाटेश्री आभु को क्वारेन्टाईनमा १२ जनाको आरडिटी परीक्षण गर्दा १ जनाको रिपोर्ट पोजेटिभ देखीएको हो ।

पुश्पलाल स्मृति प्राबिको क्वारेन्टइनमा ९ जनाको आरडिटी परीक्षण गर्दा कसैमा पनी कोरोनाको एन्टिबडी देखिएको छैन । अहिले सम्म नगरपालिकामा आरडिटी परीक्षण गर्दा १६३ जनामा कोरोनाको एन्टिबडी देखीएको छ ।

आजै त्रिबेणी नगरपालिकाका नगर प्रमुख रासिंह रावल र उप प्रमुख राधिका सुनारले नगरपालिका भरीका क्वारेन्टाईनको अनुगमन गरेको त्रिबेणी नगरपालिकाका नगर प्रबक्ता प्रेमबहादुर थापाले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार