• होमपेज
  • कला /साहित्य
  • राष्ट्रीयता शुरक्षित छैन

राष्ट्रीयता शुरक्षित छैन

  • शुक्रबार, जेष्ठ ३०, २०७७
राष्ट्रीयता शुरक्षित छैन

गजल!
करडौँको गाडिमा संसद पुग्ने सर्वहारा देख्दा,
आलिशान महलमा ऐयास गर्ने बिचारा देख्दा।

हाँसो लाग्छ यार मलाई रातो खाष्टो भित्र बाट,
मालेमाको गफ छाँट्ने आदत्तको मारा देख्दा।

नाम राखेका छोराहरुको मार्क्स,लेनिन, माओ,
धिक्कार भन्छु ब्यबहारमै उनि आवारा देख्दा।

मुटु भित्र चसक्कै घोँच्च उनिहरुको ऐयासीले,
देशले रिण लिएर तिर्न दिए को उधारा देख्दा।

सोँच्न बाध्य हुँन्छु एकान्तमा बसेर म यिनैलाई,
आँसु आउँछ जनता सहनशिलता सारा देख्दा।

जनता होशियार खबर दार रहौँ देशभक्त बनौँ,
राष्ट्रीयता शुरक्षित छैन इनिहरुको पारा देख्दा।
सुरेशकुमार पान्डे।१२-०६-२०२०,

चर्चामा

सम्बन्धित समाचार