शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • देश
  • त्रिबेणीमा आरडिटि पोजेटिभको पिसिआरमा काेराेना पुष्टि, सेति प्रादेशिक अस्पतालमा उपचार हुदै

त्रिबेणीमा आरडिटि पोजेटिभको पिसिआरमा काेराेना पुष्टि, सेति प्रादेशिक अस्पतालमा उपचार हुदै

  • शुक्रबार, जेष्ठ ३०, २०७७
त्रिबेणीमा आरडिटि पोजेटिभको पिसिआरमा काेराेना पुष्टि, सेति प्रादेशिक अस्पतालमा उपचार हुदै

बित्रेणी नगरपालिकामा आरडिटि पोजेटिभ देखिएका ५० बर्षिय पुरुषलाइ काेराेना पुष्टि भएकाे छ । उनलाइ २७ गते स्वास्थ्य अबस्था जटिल बनेपछि उपचारका लागि धनगढी लगिएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । उनी सहित बाजुराका १८ जनाकाे बिहिवार काेराेना पुष्टि भएकाे थियाे ।

नगरपालिकाको कैलासेस्वरी माबि क्वारेनटाइनमा बसेका ५० बर्षिय पुरुषलाइ थप उपचारका लागि पठाइएको थियाे । उनलाइ यहाँ चेक गर्दा आरडिटि पाेजेटिभ देखिएकाे थियाे, धनगढि उपचारमा जाँच गर्दा पिसिआर पाेजेटिभ देखीएकाे स्वास्थ्य कार्यलयका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । उनकाे अहिले सेति अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ ।

स्वास फेर्न समस्या सँगै अन्य समस्या बढेको थियो, जिल्लामा उपचार हुन नसक्ने भएपछि धनगढी लिन सल्लाह गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बडिमालिका खबरलाइ बताएका छन । उनि भारत बाट आएका थिए । १४ दिन क्वारेनटाइन बसेर आरडिटि जाँच गरिएको थियो । आरडिटि पोजेटिभ देखिएपछि उनलाइ क्वारेनटाइनको आइसोलेसनमा राखिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार