• होमपेज
  • कला /साहित्य
  • समय समयमा असमान सन्धि र सम्झौता

समय समयमा असमान सन्धि र सम्झौता

  • बिहिबार, जेष्ठ २९, २०७७
समय समयमा असमान सन्धि र सम्झौता

देश सखाप पार्ने अभियान लगातार चल्दैछ,
कहिले देश मा कहिले सिमाना पार चल्दैछ।

फ्याँक्छ दुष्टले जातिय काड कहिले क्षेत्रिय,
दुश्मन नचिन्दा शन्तानमा मारा मार चल्दैछ।

अहिले नाई उहिलैई देखि छिमेकि पल्किदा,
यस्तै प्रकार को ब्यबहार बारम बार चल्दैछ।

समय समय मा अ समान सन्धि र सम्झौता,
संघियता जस्तै देश टुक्राउँने आधार चल्दैछ।

दुनियामा कलम की त तरवारछ शक्तिसाली,
सम्झिनुश भित्र-भित्रै त्यहि हथियार चल्दैछ।

भन्दा रोजि बेटि को साईनो तर पत्ताउँदैन म,
किन की सहनशिल्ता माथी अहेँकार चल्दैछ।

छैनन् एउटा दुईटा भारु र डालरमा बिक्नेहरु,
तछाड मँ छाड दलालि यँहा बफादार चल्दैछ।

ओडेका छन खाष्टो रातो अनि सेतो कस्को हो,
देशमा देश बेच्ने दलालहरु को बजार चल्दैछ।
सुरेशकुमार पान्डे।११-६-२०२०,

चर्चामा

सम्बन्धित समाचार