मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा क्वारेनटाइन उपचारमा गएका स्वास्थ्यकर्मी माथि आक्रमण

बाजुरामा क्वारेनटाइन उपचारमा गएका स्वास्थ्यकर्मी माथि आक्रमण

  • बुधबार, जेष्ठ २८, २०७७
बाजुरामा क्वारेनटाइन उपचारमा गएका स्वास्थ्यकर्मी माथि आक्रमण

बाजुरा– बाजुराकाे त्रिबेणी नगरपालिकामा क्वारेन्टाइनमा उपचार गर्न गएका स्वास्थ्यकर्मी अज्ञात समुहले कुृटपीट गरेकाे छ ।
त्रिबेणी नगरपालिका वडा न १ स्थित छतारा आधारभुत स्वास्स्थ सेवा केन्द्रका अहेवलाई क्वारेन्टाइनमा रहेका ब्यक्तीको नियमीत चेकजाच गर्न जाने क्रममा अज्ञात समुहले हातपात गरी कुटपीट गरेको त्रिबेणी नगरपालिका स्वास्थ्य संयोजक चिरन्जीबी शाहले बताएका छन ।
अहेव राम बहादुर नेपाली क्वारेन्टाइनमा रहेका ब्यक्तीको दैनिक स्वास्थ्य चेक जाँचका लागि जाने क्रममा त्रिबेणी नगरपालिकाका वडा न १ भिम बहादुर मिजारले ढुगांले हानेर घाईते बनाएको नगरपालिकाले जनाएको छ । अहेव नेपालीको ज्यान मार्ने उदेश्यका साथ गरिएको आक्रमणको प्रति नगरपालिकाको ध्यानाकर्षण भइ बिज्ञप्ती समेत निकालेको. छ ।

क्वारेन्टाइनमा ज्यानको बाजि लगायेर खटियेका स्वास्थ्यकर्मी माथी यसरी आक्रमण हुन्छ भने स्वास्थ्य सेवा कसरी प्रवाह हुनसक्छ होला? भोलि स्वास्थ्य सेवा प्रभावित भयो भने को जिम्मेवारी हुने होला । यस्तो आक्रमण को बिरुद सबैजना ले कुनै आग्रह पुर्बाग्रह नराखी आक्रमणकारी लाई सजाय गराउन सहयोग गरि दिदा हुने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।

चर्चामा

सम्बन्धित समाचार