• होमपेज
  • कला /साहित्य
  • सोझा देशवासी जनताहरु लाई (गजल)

सोझा देशवासी जनताहरु लाई (गजल)

  • बुधबार, जेष्ठ २८, २०७७
सोझा देशवासी जनताहरु लाई (गजल)

असमान शन्धि अनि सम्झौता केर्न लगाए,
आफूलाई चुन्ने जनता कै घाटी शेर्न लगाए।

हिमाल पहाड र तराई केही राखेनन् बाँकी,
देशभरीको खनिज सम्पत्ति सबै बेर्न लगाए।

भित्राए सुस्त-सुस्त आफै गाईड बनी दुश्मन,
देशको सार्वभौमिकता लाई सबै हेर्न लगाए।

यो सम्झौता भएपछि देश स्वर्ग बन्छ भन्दै,
सोझा देशवासी जनताहरु लाई टेर्न लगाए।

सत्कार अनि स्वागत गर्दै दुश्मनहरु लाई नै,
अथिती बनाएर आफ्नो देश मा ठेर्न लगाए।

थोरै लोभ देखाए आसे पासे र गासेहरु लाई,
आफ्नो बिचारमा ठ्याक्कै बोली फेर्न लगाए।
सुरेशकुमार पान्डे।१०-६-२०२०,

चर्चामा

सम्बन्धित समाचार