सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका क्वारेन्टाइनमा पाचँ बर्ष मुनीका ४ सय ७२ बालबालिका

बाजुराका क्वारेन्टाइनमा पाचँ बर्ष मुनीका ४ सय ७२ बालबालिका

  • मङ्लबार, जेष्ठ २७, २०७७
बाजुराका क्वारेन्टाइनमा पाचँ बर्ष मुनीका ४ सय ७२ बालबालिका
फाइल तस्बीर

बाजुरा– बाजुरा जिल्लाका नौ ओटै स्थनीयत तहमा रहेका क्वारेन्टाइनमा ४ सय ७२ जना ५ बर्ष मुनीका बालबालिका रहेका छन् ।
बालबालिका अभिभावक भारतका बिभिन्न ठाउँमा मजदुरी गर्न गएका र भारतमै जन्मेर नेपाल आउदा आमा बुवासंगै क्वारेन्टाइनमा रहेका हुन ।
बाजुरा जिल्लाका बिभिन्न क्वारेन्टाइनमा अभिभावसंगै रहेका ७ सय ७२ जनामा हिमाली गाउँपालिका ८, स्वामिकार्तिक खापर गाउँपालिका ३० जगन्नाथ गाउँपालिकामा १२ बुढिनन्दा नगरपालिकामा २२ बडिमालिका नगरपालिकामा ४२ गौमुल गाउँपालिकामा ३२ खप्तड छेडेदह गाउँपालिकामा ६२ बुढिगंगा नगरपालिकामा १ सय ५३ र त्रिबेणी नगरपालिकामा १ सय ११ जना बालबालिका रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा जिल्लाका १ सय ३२ क्वारेन्टाइनमा ५ हजार ३ सय ३२ जना रहेका छन् । जसमा हिमाली गाउँपालिकामा ३ सय ४, स्वामिकार्तिक खापर गाउँपालिकामा २ सय ८० जना, जगन्नाथ गाउँपालिकामा ३ सय १८ जना बुढिनन्दा नगरपालिकामा ३ सय २ जना बडिमालिका नगरपालिकामा २ सय ७६ जना गौमुल गाउँपालिकामा ३ सय ४० जना खप्तड छेडेदह गाउँपालिकामा १ हजार १ सय ९५ जना बुढिगंगा नगरपालिकामा १ हजार २ सय ७८ जना र त्रिबेणी नगरपालिकामा १ हजार ८३ जना रहेका छन् ।
त्यसै गरी हालसम्म सुत्केरी तथा गर्भवती २० जना महिलाहरु क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लाका क्वारेन्टाइनमा रहेका ५ हजार ३ सय ३२ जना मध्य ४ हजार ४ सय १६ जना भारतबाट आएकाहरु क्वारेन्टाइनमा बसेको तथ्याङक रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
हाल सम्म नौ ओटै स्थानीय तहमा रहेका मध्य १ हजार १ सय १५ जना महिला र ३ हजार ३ सय ३६ जना पुरुषहरु क्वारेन्टाइनमा बसेका छन ।
क्वारेन्टाइनमा रहेका मध्य ८८ जना आरडिटी पोजेटिभहरु पनी रहेको तथ्याङक जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लामा कोरोना २ जना संक्रमीत मध्य १ जना आइसोलेशनमा रहेको र १ जना संक्रमीत बालिकाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाजुराले जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार