मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणीमा आरडिटि पोजेटिभ १ जनाको स्वास्थ्य अबस्था जटिल, थप उपचारका लागि डडेल्धुरा लगिदै

त्रिबेणीमा आरडिटि पोजेटिभ १ जनाको स्वास्थ्य अबस्था जटिल, थप उपचारका लागि डडेल्धुरा लगिदै

  • मङ्लबार, जेष्ठ २७, २०७७
त्रिबेणीमा आरडिटि पोजेटिभ १ जनाको स्वास्थ्य अबस्था जटिल, थप उपचारका लागि डडेल्धुरा लगिदै

बित्रेणी नगरपालिकामा आरडिटि पोजेटिभ देखिएका १ जनाको स्वास्थ्य अबस्था जटिल बनेपछि उपचारका लागि डडेल्धुरा लगिएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । नगरपालिकाको कैलासेस्वरी माबि क्वारेनटाइनमा बसेका ५० बर्षिय पुरुषलाइ थप उपचारका लागि पठाइएको छ ।
स्वास फेर्न समस्या सँगै अन्य समस्या बढेको थियो, जिल्लामा उपचार हुन नसक्ने भएपछि डडेल्धुरा लिन सल्लाह गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बडिमालिका खबरलाइ बताएका छन । उनि भारत बाट आएका थिए । १४ दिन क्वारेनटाइन बसेर आरडिटि जाँच गरिएको थियो । आरडिटि पोजेटिभ देखिएपछि उनलाइ क्वारेनटाइनको आइसोलेसनमा राखिएको थियो ।
पिसिआरका लागि स्वाब संकलनका लागि प्रदेशले रोकेपछि भने स्वाब संकलन हुन सकेको थिएन् । त्रिवेणीमा ५२ जनामा आरटिटि पोजेटिभ देखा परेको छ सबैलाइ क्वारेनटाइनमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार