सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगाले गर्याे निर्णय स्वास्थ्य कर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई निशुल्क शिक्षा

बुढिगंगाले गर्याे निर्णय स्वास्थ्य कर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई निशुल्क शिक्षा

  • सोमवार, जेष्ठ २६, २०७७
बुढिगंगाले गर्याे निर्णय स्वास्थ्य कर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई  निशुल्क शिक्षा

बुढिगंगामा नगरपालिकाले कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्य कर्मीको ज्यान गएमा १० लाख क्षतिपूर्ति र सन्तानलाई निशुल्क शिक्षा दिने निर्णय गरेकाे छ । स्वास्थ्यकर्मि नै फन्ट लाइनमा हुने र याे महामारीमा सबै भन्दा बढि जाेखिम हुने भएकाले नगरपालिकाले यस्ताे निर्णय गरेकाे छ ।

नगरपालिकामा स्वास्थ्यकर्मीलाइ काममा हाैसला दिनका लागि सक्ने सहयाेग गरीरहेकाे छाै, काेराेना बाट कसैकाे ज्यान जानु नपराेस तर उपचारमा खटिदा स्वास्थ्यकर्मिकाे ज्यान गएमा १० लाख क्षतिपुर्ति सँगै सन्तानलाइ कक्षा १२ सम्म पढाइ दिने निर्णय गरेकाे नगरप्रमुख शाहले वताएका छन् ।

नगरपालिकाले काेराेनाकाे पीसीआर जाँच मेसिन खरिदका लागि पहिलाे पटक स्थानिय तहले ३० लाख बजेट विनियोजन गरेको छ । पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि नगरपालिकाले मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरेको छ ।

आरडिटी परीक्षणबाट पोजेटिभ देखिएकाहरुलाई बडिमालिका क्याम्पस फालासैनमा राख्ने निर्णय बैठकले गरेको छ ।नगरपालिका भित्रका सबै क्वारेन्टीनबाट पोजेटिभ देखिएकाहरु राख्नका लागि क्याम्पसलाई उपचार सुविधा र सुरक्षित व्यवस्था सहीतको क्वारेन्टीनका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । भने टाँटे स्वास्थ्य चौकीमा आइसोलेशन कक्ष सञ्चालन गर्ने निर्णय गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार