• होमपेज
  • कला /साहित्य
  • एम सीसी को बिरुद्धको सोर छ जता ततै (गजल)

एम सीसी को बिरुद्धको सोर छ जता ततै (गजल)

  • सोमवार, जेष्ठ २६, २०७७
एम सीसी को बिरुद्धको सोर छ जता ततै (गजल)

एम सीसी को बिरुद्धको सोर छ जता ततै,
जनता मा आक्रोशनै घनघोर छ जता ततै।

जनताले देश को लागि लडेका हुँन्छन तर,
सरकारको एम सीसीमा जोर छ जता ततै।

अंग्रेज साम्राज्यवाद ले नयाँ जाल फाल्यो,
यसभित्र लुकेको नियती फोर छ जता ततै,

बिस्तारै देश लाई गुलाम बनाउँने रण नीति,
त्यसैको लागि बलियो यो डोर छ जता ततै,

छैनन् कोई शाधु संत आ-आफ्नै स्वार्थ मा,
जनता जागा बसे लुटेरा चोर छन जता ततै।
सुरेशकुमार पान्डे।८-७-२०२०,

चर्चामा

सम्बन्धित समाचार