सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा म्याद नाघेका खाद्य बस्तुहरु बजारमा

मार्तडीमा म्याद नाघेका खाद्य बस्तुहरु बजारमा

  • सोमवार, जेष्ठ २६, २०७७
मार्तडीमा म्याद नाघेका खाद्य बस्तुहरु बजारमा

सदरमुकाम मार्तडीमा म्याद नाँघेका खाद्य बस्तुहरु बिक्रि हुने गरेका पाइएका छन् । बडिमालिका नगरपालिकाको आयोजनमा गरिएको अनुगमनका क्रममा भेटिएको उपप्रमुख कबिता बिष्टले वताएकि छन् । नगरपालिकाले सोमबार हाट बजार र माथिल्लो बजार अनुगमन गरेको थियो । अनुगमनमा जिल्ला प्रहरी कार्यलय बाजुरा, जिल्ला प्रशासन कार्यलय, घरेलु तथा साना उद्योग विकास समिति, पत्रकार महासंघ, उद्योग बाणिज्य संघ लगायतको सहभागिता रहेको थियो ।


लकडाउनका समयमा कालोबजारी बढेको जनगुनासो आएपछि बजार अनुगमन गरिएको थियो । अनुगमन गरीएका अधिकांश पसलमा अखाद्य बस्तुहरु फेला परेका छन् । अनुगमनबाट पिठो, चाउचाउ, बिस्कोट, सिन्चुरी मसला, चनाको पिठो, तेल, पेय पर्दाथ चक्लेट लगाएतका सामाग्री बरामत गरिएको उपप्रमुख बिष्टले बताएकि छन् । पिठोमा किरा समेत लागेको पाइएको छ । प्रायः सामानमा म्याद नाघेका र केही सामानमा धुसी समते लागेका अनुगमन टोलीले जनाएको छ ।
ठुलो परीमाणमा अखाद्य बस्तु पाएपछि अब बाट यस्तो अखाद्य सामान नबेच्न समेत कबुल गरेका छन् । अनुगमनमा सबै भन्दा बढि पिठोमा म्याद नागेको पाईएको छ । स्थानिय ब्यापारीले भने आफुहरुलाई यस समबन्धि कुनै जानकारी नभएको कम्पनिले सिधै यस्तै पठाएको बताएका छन् । एकातिर बर्षाको समयमा सामान ढुवानी गर्न नसकिने भएकाले हिउदमा सामान ढुवानी गरेकाले बिक्रि नभएर यस्तो भएको बताएका छन् ।


दशै र तिहारमा बढि जसो अनुगमन हुने गरेको छ, अहिले पनि लकडाउनको बेला ब्यापारिले गरेको कालोबजारी गरेको पाईएको छ । टोलीले मूल्य सुचि गुणस्तर मापन, विल दिने, प्रक्रिया, निर्धारित मिति लगाएतका ११ वटा मापदण्डका बारेमा अनुगमन गरेको थियो । बडिमालिका नगरपालिका ९ का अध्यक्ष बिनोद कुमार बिकले भने अझै अनुगमन तिव्र पार्नु पर्ने बताएका छन् । आफुहरुले पनि पटक पटक मुल्य सुचि राख्न आग्रह गरेको भएपनि ब्यापारिले नमानेको उनले वताएका छन् । अनुगमन गरिएका कुनै पनि पसलमा मुल्य सुचि नराखेको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार