बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोरोना निको हुनेको संख्या ४६७ पुग्यो (प्रदेशगत विवरणसहित)

कोरोना निको हुनेको संख्या ४६७ पुग्यो (प्रदेशगत विवरणसहित)

  • आइतवार, जेष्ठ २५, २०७७
कोरोना निको हुनेको संख्या ४६७ पुग्यो (प्रदेशगत विवरणसहित)

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) संक्रमित निको हुनेहरुको संख्या ४६७ पुगेको छ । गत २४ घन्टामा १०२ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ४६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका १२ जना, कलैया अस्पताल बाराबाट सोही जिल्लाका ३४ जना, कोभिड युनिफाइड अस्पताल बलम्बूबाट महोत्तरीका १, बुटवलको कोरोना आइसोलेसन सेन्टरबाट रुपन्देही र कपिलवस्तुका २७ जना निको भएर घर फर्किएका छन् ।

यस्तै कोरोना विशेष अस्पताल दाङबाट बाँके, दाङ, बर्दिया र कपिलवस्तुका १० जना र रौतहटका १८ जना गौरको नर्सिङ इन्स्टिच्युटबाट डिस्चार्ज भएका प्रवक्ता देवकोटाले जनाए । प्रवक्ता देवकोटाका अनुसार हालसम्म प्रदेशगत विवरणअनुसार डिस्चार्ज हुनेमा

प्रदेश १ बाट ९१ जना
प्रदेश २ बाट १८६ जना
वाग्मती प्रदेशबाट ३२ जना
गण्डकी प्रदेशबाट ३ जना
प्रदेश ५ बाट १३३ जना
कर्णाली प्रदेशबाट ९ जना
सुदूरपश्चिम प्रदेशबाट १३ जना
निको हुनेमा ३९९ पुरुष र ६८ महिला छन् । यसअघि शुक्रबार एकैदिन ४३ जनाले संक्रमण जितेर घर फर्किएका थिए भने शनिबारमात्र ३२ जनाले जितेर घर गएका छन् ।

चर्चामा

सम्बन्धित समाचार