आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा: आरडिटि  पोजेटिभ १६ महिने बालकलाई जर्बजस्ति घर लगियो

बाजुरा: आरडिटि  पोजेटिभ १६ महिने बालकलाई जर्बजस्ति घर लगियो

  • आइतवार, जेष्ठ २५, २०७७
बाजुरा: आरडिटि  पोजेटिभ १६ महिने बालकलाई जर्बजस्ति घर लगियो

चक्र बहादुर अयडी —  त्रिवेणी नगरपालिका वडा नम्वर ९ स्थीत रत्न माध्यामिक विद्यालयको क्वारेन्टाईमा आरडिटि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका १६ महिने बालकलाई हिजो साँझ घर लगिएको छ ।

आरडिटी परिक्षणमा पोजेटिभ रिर्पोट आएकाहरुलाइ पिसिआर परिक्षण पछि मात्र घर पठाउने प्राब्धान रहेपनि बालिकाका अभिभावकले जवरजस्ती घर लिएको बडा नं ९ का बडा अध्यक्ष विरबहादुर विष्टले बताउनु भएको छ । क्वारेनटाइनमा रहेका ८ जनामा परिक्षण गर्दा एक १६ महिने बालकमा कोरोना पोजेटिभ देखिएको थियो ।

पोजेटिभ देखिएका बालकलाई राति रत्न माद्ययामिक विद्यालयको को क्वारेन्टाईन बाट हिजो साँझ उनका बुवाले भगाएर घर लिएका छन । उनिमा हिजो गरिएको परिक्षण मा आरडिटि परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

क्वारेन्टाईनमा मा सु्रक्षाको लागि खटिएका प्रहरिहरुले सम्झाईबुझाई गरेपनि नमानेर जार्बजस्ति तरिकाले घर गएको र गाउँका मानिसहरुले घरमा जान नदिएपछि नजिकै रहेको बर्थिङ सेन्टरमा बसालेको प्रहरीले बताएकाे छ । प्रहरिका अनुसार अहिले आफु त्यसतर्फ गईरहेको र फेरि पनि सम्झाई बुझाई गरेर क्वारेन्टाईनमा ल्याउने प्रयास गार्छौ , यदि मानेन भने जिल्लामा जानकारि गराएर प्रक्रिया अगाढि बढाउने बताए ।

हिजो मात्रै त्रिवेणी नगरपालिकामा जम्मा ६६ जनाको आरडिटि पक्षिण गर्दा २३ जनामा एनटिबडि पोजेटिभ देखिएको थियो । दिन प्रतिदिन संक्रमित बढ्दै गईरहेका बेला र जनताहरुमा नैरास्यता छाईरहेका बेला यस्तो कार्य गरेको ले क्वारेन्टाईन नजिकै बसोबास गर्ने स्थानिय बासिहरु झन त्रसित भएको वडा नम्वर ९ का वडा अध्यक्ष विर बहादुर विस्टले बताए  ।

चर्चामा

सम्बन्धित समाचार