बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • भ्रम र वास्तबिकता (कथा)

भ्रम र वास्तबिकता (कथा)

  • आइतवार, जेष्ठ २५, २०७७
भ्रम र वास्तबिकता (कथा)
       सुरेशकुमार पान्डे

  बिदेशमा मज्दुरी गर्दा गर्दै जिवनको आधा सताब्दि बिताएका जुगराज लाई बुढेसकालमा पाईला टेकेपछि घरवार जमाउँने ख्याल आउँछ।बल-बैश हुँदा सम्म थुप्रै आफ्ना भेटिएपनि अब बिस्तारै उन्लाई एकलोपन महेशुर्ष हुँदैछ।उनि सारा जिन्दगी जाँड रक्सि मा मस्त रहे उमेरले पचास बर्षमा टेकेपछि उन्लाई घरवार जमाउँन पाए हुँदोहोला भन्ने लाग्यो।

त्यो पनि मणिहरुको सम्प्रकमा आएपछि उन्ले बिस्तारै रक्सि खान कम गरेका थिए।पहिए एक नम्वरका जडिया भयपनि अहिले भने उनिमा सुधार हुँदै आएको थियो। भारतको एउटा सानु सहरमा मणि ,चेतु,नाथ,राम,लगाएत केहि साथिहरुले समाजिक संगठन बनाएका थिए,त्यहि सँगठनको माध्यायम बाट उनिहरुले नेपाली श्रमजिविहरुमा आई परेका तमाम समस्याहरुको निवारण गर्थे।

उनैहरुको नजिक आएपछि जुगराज सामाजिक ब्यबहारले प्रभावित भए उनमा काफि परिवर्तन आयो। समाजले जातिय भेदभावको बिरुद्ध र सामाजमा रएका कुसँस्कार कुरितीहरु बिरुद्ध गर्दा जुगराज बढि प्रभावित भयका हुँन।उनि एउटा दलित परिवारका बिस्वक्रमा भयकै ले स्यानो छँदा गाउँघरमा दलितहरु माथि भयको अपमान लाई पटक पटक सुनाउँथे।तर जाँड रक्सि भने आफ्नो नैसँगिक अधिकार मान्थे।कहिले कसो उनि टन्नै परेका हुँदा त मणिहरु कुरै नगरि फर्किन्थे। बिस्तारै उनमा समाज तिरको झुकावले गर्दा फरक हुँदैगयको थियो।राम्रा बिचारहरु मष्तिकमा आउँन थालेपछि खराब बिचारहरु निस्किदै गयका थिए।उनि एउटा स्टोरमा चौकिदारी गर्थे रातिमा त्यँहा उनिबाहेक अरु कोई हुँदैनथ्यो।अब त्यँहा रातिमा कहिले हप्ता पन्द्र दिनमा क्लाश ,मिटिङ आदि गर्न थालेपछि उनि अनुसाशित बस्न थाले।भन्निन्छ”संगत बिनाको फलनै हो”जुगराजमा गुणत्मक बद्लाव आएको मणिहरुले महेशुर्ष गर्दै थिए।

अब मज्दुरहरुलाई आई परेको समस्या सँग लड्न आर्थिकपनि नभै नहुँने त्यो कसरि जुटाउँने भन्ने बारे छलफल गर्छन र एउटा सोसाईटी खोलेर मैना मैनामा दुई सएका दरले रुपिया जम्मा गर्ने तर त्यो ब्याज को आधा संगठनलाई दिने निर्णयमा पुग्छन।त्यसका धेरै सदस्यहरु भैसकेपछि रुपिया राम्रै जम्मा हुँन्थ्यो कमेटिको रेख-देख सबै काम गर्ने जिम्मा मणिलाई दिएका थिए। बर्ष दिन नपुग्दै थुप्रै पैसा जम्मा भए र ब्याजमा साथिहरुले चलाई राखे समाजलाईपनि झिना मसिना खर्च चल्न थाल्यो।एकदिन जुगराजले बिवहा गर्ने प्रस्ताब राखेर सोसाईटी बाट दशहजार बिवहागर्न स्वोदेश जाने माग गर्दै निवेदन टकारे।त्यो निवेदनमाथी सबै एकमतले सहमत भए मणिले उन्लाई दश हजार रुपिया दियो। जुगराज मा आएको परिवर्तनमा खुसि नहुँने कोईपनि थिएन,उन्लाई आफ्नो उमेर मिल्दो जुल्दो बिवहा गराउँन सबैको समर्न थियो।जुगराज रोल्पा तिर कुनै गाउँका थिए केहि दिनमै उनि स्वदेश गए।मैना दिन नपुग्दै उन्ले बिवहा गरेर फर्केको सुनेपछि मणि लगाएत सबै जिम्मेवार साथि भेट हुँन पुगे।

बेहुली लाई देखेपछि सबैको खुट्टा आस्नको जमिन खुस्किए जस्तै भयो।मणिले एकान्तमा बोलाएर-जुगराज जी हजुरले बिवहा गरेकोमा हामिले बधाई तथा शुभ कामना दिन सक्दैनौ बरु एउटा सल्हा दिन्छौँ यदि मान्नु हुँन्छ भने,उस्ले अति सिरियस भयर भन्छ।के हजुरलाई यो बिवहा ठिक लाग्छ?मणिले फेरी जुगराज सँग प्रश्न गर्छ। बाह्र बर्षकि बालिका अनि जुग राज पचास नागेका थिए,एउटि नातिनी जस्ति बच्चीलाई उन्ले बिवहा गरेर ल्याएका रैछन। हजुरले यो बालिका लाई कत्ति कतै प्रचार नगरेर अहिले माईतमा पठाई दिनुश बरु हजुरको हामि सबै मिलेर हजुरको मेलखाने कुनै महिला खोजेर बिवहा गराउँछौँ र बरु हामिसबै मिलेर हजुरलाई रीण लाग्न दिदैनौँ भनेर सम्झाउँछन।जुगराजलेपनि आफै गलति गरेको महेशुर्ष गर्छन।

हुँन्छ म भोलिनै यसलाई माईत पुराई दिन्छु भन्दै जुगराजले सहमत जनाउँछन। मणिहरु यँहाबाट निस्केपछि साँझमा उन्का साथिभाई हरु भेटगर्न आए,अनि खानेपिने प्रूगार्म भयो। हजूरले बिवहा गर्नु भयकोमा खुसिलाग्यो स्यानो पाले ठुलो हुँन्छ अब बिहे गरि सकेपछि कसैले फर्काउँछ?धन्नाले जुगराजलाई भड्काई दिन्छ।

बाहुँन हरुले तिमिलाई कामि भनेर हेला गरेको बुझ्दैनौँ-भन्दै रक्सिको नशाले धुत भयको धन्नाले हामिछम तपाई सँग भन्दै उस्ले उर्जा थप्छ। आर्काको स्वास्नि खोस्ने त्यो मणि र त्यसको समाज चाहिदैन हामिलाई खिले कि स्वास्निले बालिका तिर रक्सिको गिलास टकार्दै भन्छे।मैले खान्न !बालिका अलि पर जान्छे।यो ता पर्शाद हो कत्ति नाई नभनेर घुटुक्क पार भन्दै उस्लाई तान्छे।

सबै ठहका लगाउँदै हाँस्छन।रातभरी उनिहरुको त्यँहा पार्टि चल्छ।बिहान सबै आ-आफ्नो घरमा जान्छन जुगराज आफुले काम गर्ने ठाउँमा लिएर जान्छ।साँझमा मणिहरु आएपछि जुगराजले मैले बिहे गरेँ अब जस्तो भयपनि यस्लाई छाड्दैन भनेर कराउँछ।तिमिहरुले मलाई ह्यापेर मेरो स्वास्नि खोस्न खोजेकाछौँ भन्दै कराउँछ।मणिहरु त्यँहा बाट निस्किन्छन।दुईचार दिन यस्तै तानातानीमा बित्छ।एउटा अत्याचार गर्नु हुँदैन भन्दा यँहा जातिय मुद्धा बनेको थियो।समाज बिरोधि तत्वहरुले उस्लाई उक्साएका थिए।मणिहरुले उस्लाई बर्गिय नाताको हैसियतमा सम्झाएका थिए तर उस्लाई आफु दलित भयर हैप्यको महेशुर्ष भयकोथियो।

एकदिन त्यो बालिका सँग दुरब्यबहार गर्न खोज्दा उ भागेर हराई र पछि बस अड्डामा पिसिआर ले गस्त लगाउँदा भेटेछ।बालिकाले आफ्नो समस्या भनेपछि पुलिसले उसैलाई लिएर जुगराज लाई छोप्यो,बालिकालाई महिँला बिगको हवाला गरयो।भोलि पल्ट मिडियाले “नेपाली समाजको आडमा बालिकाको अपहरण गरेर बिक्रि गरेको”लेख्यो।मणिहरु पत्रिकाको समाचारदाता सँग भेट गरेर यो समाचारलाई अर्को अंकमा सच्चाउँन लगाए।ठानामा गएर उक्त बालिकालाई छुटाउन प्रयत्न गरे।प्रशासनले महिला बिगमा पठायो।तिमिहरुले समाजको आडमा बालिका लाई अपहरण गरेर बेचेको भन्दै कराई!त्यँहा को महिलाले।

होईन यो ब्याक्तिले गलति गरेको हो तर समाजले यस्लाई आमा बाउहरुको हवाला गरिदिन प्रयात्न सिलछ भन्दै उस्का आफ्नतिको हवाले गर्नलाई आफुहरु कटिबद्ध रहेको भनेर सम्झाउँछन।उनिहरुलेपनि बिगतका दिनहरुमा समाजले गरेको राम्रो काम देखेकाले मणिहरुलाई चिनेका हुँन्छन।मणिहरुको बिष्वासगरेर अगाडि कानुनि कार्वाही गर्दैनौ भन्दै एउटा कागजमा हस्तक्षेर गरी लिखित रुपमा बालिका लागि आफ्नो शंरक्षाणमा लिन्छन।अनि उस्को आफन्तिलाई बोलाएर उसँग लिखित ल्याएर उस्को हवाला गराई त्यो कपि पनि महिँला बिगलाई बुझाई दिन्छन।

यो एउटा बिशुद्ध सामाजिक मुद्धा थियो जस्ले अन्याय र अत्याचारको बिरुद्धमा आवाज उठाएको थियो।तर जुगराज लाई आफु दलित भयकोले आफ्नो स्वास्नी खोस्न लागेको भन्दै थियो।उस्को बिचारमा उ समाज भित्र भयकोले उस्ले गरेको गलतिलाई समाजले ढाक छोप गर्नु पर्दथ्यो,जो गरेन।के यस्तो अनैतिक कृयाकलाप अरुकुनै जातले गरेको भय समाजले ढाकथ्यो त?एउटा सहि समाजले त्यसो पक्कै पनि गर्दैन थ्यो।तर हामि भित्र रहेको जातिय अबशेषले गर्दा आफुमा परिआएका कैले कसो यस्ता घटनाले बर्गिय नातालाई कम्जोर बनाई दिन्छ।त्यहि मौका ढुकेर बसेको हुँन्छ समाज बिरोधी तत्वहरु।

चर्चामा

सम्बन्धित समाचार