बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सेलिब्रेटी
  • नकारात्मक कुरालाई कसरी सम्हाल्ने ? यस्तो छ वर्षाको सुझाव

नकारात्मक कुरालाई कसरी सम्हाल्ने ? यस्तो छ वर्षाको सुझाव

  • आइतवार, जेष्ठ २५, २०७७
नकारात्मक कुरालाई कसरी सम्हाल्ने ? यस्तो छ वर्षाको सुझाव

कलाकारहरु हरेक पल मिडिया र दर्शकको नजरमा हुन्छन् । चलचित्रमा काम पाउँदा होस् या नपाउँदा नै किन नहोस्, कलाकारको कुनै न कुनै कुरामा ट्रोल भैरहन्छ । नेगेटीभ कुराले घेरिने भएकाले पनि कलाकारहरुलाई यसले तनाव दिन्छ । नायिका वर्षा सिवाकोटी पनि विभिन्न समयमा विवादमा नपरेकी होइनन् । काम गर्दै जाँदा प्रशंसा मात्र हुन्छ भन्ने पनि छैन ।

आखिर, यी नायिका नकारात्मक कुराबाट कसरी टाढा बस्छिन् त ? उनी भन्छिन्–‘यसका लागि आफ्नो सोचलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । नकारात्मक कुरालाई सकारात्मक सोचमा परिणत गर्न आवश्यक छ ।’

वर्षाले आफूमाथि केन्द्रित हुन, संगीत सुन्न, योगा गर्न, ध्यान गर्न, आफूलाई माया गर्ने मानिससँग कुरा गर्न, खराब मानिसबाट टाढै बस्न तथा किताब पढ्न सुझाव दिएकी छिन् । लक डाउनको समयमा नायिका सिवाकोटीले नियमित योगा तथा व्यायम पनि गरिरहेकी छिन् । उनी, लक डाउनको समयमा आफ्नो ५ केजी तौल घटेको समेत बताउँछिन् ।

चर्चामा

सम्बन्धित समाचार