शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिम सरकारलाई बजेट खर्च गर्ने चटारो

सुदूरपश्चिम सरकारलाई बजेट खर्च गर्ने चटारो

लकडाउनमै ३ अर्ब ५८ करोड खर्च

  • शनिबार, जेष्ठ २४, २०७७
सुदूरपश्चिम सरकारलाई बजेट खर्च गर्ने चटारो

धनगढी —  सुदूरपश्चिममा विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसका सम्भावित विरामीको नमूना संकलनको काम शुक्रबारदेखि पाँच दिनलाई रोकिएको छ। प्रदेशमा एउटा मात्र प्रयोगशाला हुँदा यसअघि संकलन भएका नमूना नै परीक्षण गर्न बाँकी रहेको भन्दै स्वास्थ्य निर्देशनालयले मातहतका स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै थप नमूना संकलनको काम रोक्न भनेको हो।

संघिय सरकारले धनगढीमा पीसीआर मेसिन सञ्चालन गर्नु पूर्व नै १५ चैतमा बसेको सुदूरपश्चिम मन्त्रीपरिषद् बैठकले तीन जिल्लामा कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको थियो। धनगढी, बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने निर्णय अहिले सम्म कार्यान्वयन भएको छैन्। प्रदेश सरकारले ल्याब सञ्चालन गर्ने निर्णय कार्यान्वयन नगरेको मात्र होईन् कोरोना परीक्षणका लागि आवश्यक पर्ने एउटा किट सम्म खरिद गरेको छैन्।

यद्यपी अहिले प्रयोगशाला र किट खरिदका लागि प्रक्रिया अगाडी बढाईएको दावी गरिदै आएको छ। कोरोना महामारीका बेला प्रदेश सरकारको ध्यान रोकथाम तथा नियन्त्रणका काम भन्दा पनि बजेट खर्चमा केन्द्रीत भएको देखिन्छ। आर्थिक वर्ष सकिन एक महिना बाँकी रहेका बेला सरकारलाई वार्षिक बजेट खर्च गर्ने चटारोले छोएको छ।

कोरोनाको संक्रमण थप फैलिन नदिन जारी लकडाउनको अवधीमा प्रदेश सरकारले बजेट खर्चलाई तिव्रता दिएको छ। सरकारले साउनदेखि शुक्रबार सम्म कुल विनियोजित बजेट मध्ये ८ अर्ब ३९ करोड १० लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। जुन खर्च प्रतिशत ३० हुन आउँछ। जसमा चैतदेखि हाल सम्मको खर्च मात्र तीन अर्ब ५८ करोड १० लाख रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयको विवरणले देखाउँछ।

जुन सरकारले आर्थिक वर्षका ८ महिना, साउनदेखि फागुन मसान्त सम्म गरेको खर्चको हाराहारीमा हुन आउँछ। फागुन मसान्त सम्मको कुल खर्च ४ अर्ब ८० करोड ९९ लाख हुँदा खर्च प्रतिशत १७ दशमलव ०८ प्रतिशत छ भने लकडाउनपछिको साढे दुई महिनामा मात्र चालु र पुँजीगत दुवै गरी तीन अर्ब ५८ करोड खर्च हुँदा १३ प्रतिशत छ।

यो कुल खर्चमा प्रदेश सरकारले चालुतर्फ मात्र  पाँच अर्ब २ करोड ८९ लाख र  पुँजीगततर्फ तीन अर्ब ३६ करोड २१ लाख गरेको छ। फागुन मसान्त सम्म दुई अर्ब ५८ करोड चालु खर्च गरेको सरकारले लकडाउनपछि दुई अर्ब ५२ करोड खर्च गरेको छ। यस्तै फागुन मसान्त सम्म दुई अर्ब ३२ करोड पुँजीगत बजेट खर्च गरेको सरकारले लकडाउनपछि एक अर्ब ३७ करोड खर्चेको छ।

 प्रदेश सरकारले चैतमा मात्र तीन प्रतिशत बजेट खर्च गरेको छ। चैतमा एक अर्र्ब २५ लाख  बजेट खर्च गरिएको छ। यस्तै बैशाखमा साढे चार प्रतिशत बजेट खर्च गरिएको छ।  बैशाखमा मात्र एक अर्ब ७५ लाख खर्च गरेको प्रदेश सरकारले जेठ महिनाको २४ दिनमा मात्रै ६ प्रतिशत अथात झण्डै डेढ अर्ब बजेट खर्च गरेको छ।

प्रदेशमा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि चैतमै गरेका निर्णय कार्यान्वयन गर्न नसकेको सरकारले आम नागरिक घर भित्रै बसेका बेला बजेट खर्चलाई तिव्रता दिएको हो। तर कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा भने सरकार असफल भईसकेको भन्दै आलोचना भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार